‘निजी क्षेत्रको सहकार्यमा स्वास्थ्य सेवा प्रभावकारी हुने’

२८ श्रावण २०७५, सोमबार १९:४३
 

सदरलाइनडटकम नेपालगन्जः स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यलेनै स्वास्थ्य सेवा सहज र प्रभावकारी हुने सम्बद्ध विज्ञहरुले बताएका छन् । जीआईजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाद्धारा आइतवार नेपालगन्जमा आयोजित स्वास्थ्यमा स्थानीय सरकार र नजीक्षेत्रबीचको सहकार्य सम्वन्धी कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो बताएका हुन् ।
स्वास्थ्यसँग सम्वद्ध सरकारी अधिकारी, जनप्रतिनिधी, निजी संस्थाका प्रमुख, चिकित्सक एवं स्वास्थ्यकर्मी सहभागी कार्यक्रममा स्वास्थ्यमा स्थानीय सरकार र निजीक्षेत्रबीच हुनसक्ने साझेदारी र सहकार्यको पहिचान, गुणस्तरीय सेवामा एकरुपता, उपमहानगरलाई मेडिकल हव बनाउन अपनाउन सकिने रणनीतिलगायतका विषयमा छलफल गरिएको थियो ।
नगर प्रमुख डा. धवलशम्शेर राणाले नगरलाई मेडिकल हब बनाउन आवश्यक नीतिगत र प्राविधिक पक्षको पहिचानका लागि कार्यदल गठनमा जोड दिए । स्थानीयतहको सिफारिसमा स्वास्थ्य संस्थाले गरिव असहायको निःशुल्क उपचार गर्नुपर्ने भन्दै उनले डाक्टरको फीसमा पनि एकरुपता ल्याउनुपर्ने आवश्यक्ता औल्याए । भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाशबहादुर थापाले सीमित श्रोत साधानका बावजुद सरकारी स्वास्थ्य संस्थाले अविचलित सेवा दिईरहेको भन्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमख केशव सुवेदीले नगरको समग्र स्वास्थ्य वस्तु स्थितीबारे प्रकाश पारेका थिए भने नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ अधिकृत सुन्दरजंग शाहले कलेजको सेवा प्रवाह बारे अवगत गराएका थिए । कार्यक्रममा प्रहरी अस्पतालका प्रमुख आशिष दत्त, स्वास्थ्यकर्मी धनराम वली, रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायतले सुझाव दिएका थिए ।

Next Post

३ सय २० बोइलर नियन्त्रणमा लिएर नस्ट

२८ श्रावण २०७५, सोमबार १९:४३
सदरलाइनडटकम, नेपालगन्ज  : प्रहरीको प्रदेश व्यूरो टोलीले भरतबाट अबैद्य रूपमा नेपालगन्ज ल्याउँदै गरिएका ३ सय २० वटा बोइलर कुखुरासहित ५ जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट पन्छी तथा पन्छीजन्य पदार्थ नेपाल ल्याउनमा प्रतिबन्ध लगाईएको कारण प्रहरीले नियन्त्रणमा लिएको हो । पाँच नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जका प्रहरी निरीक्षक […]

सम्बन्धित