ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र कोहलपुरमा तालाबन्दी

२६ श्रावण २०७५, शनिबार १८:४१
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको सदस्यता वितरण प्रकरणको विवाद चुलिदै तालाबन्दीमा पुगेको छ । पुस्तकालय जस्तो पवित्र संस्थामा चरम गुटबन्दी र राजनीतिक स्वार्थ हाबी भएको भन्दै संस्थाका आजिवन सदस्यहरु तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका हुन ।
पुस्तकालयको हालको कार्यसमितिले पुस्तकालयमा राजनीतिकरण गर्न खोजेको उनीहरुले आरोप लगाएका छन । लिलबहादुर रानाको नेतृत्वमा रहेको बर्तमान कार्यसमितिको बैधानिकता समाप्त भईसके पनि पुस्तकालय कब्जा गर्ने उद्धेश्यले चरम गुटबन्दी सुरु गरिएको पुस्तकालयका आजिवन सदस्य राजेन्द्र विष्टले बताए ।
अधिकाशं आजिवन सदस्यहरुको वहिस्कारका बाबजुत गत शनिबार एकपक्षिय रुपमा १७ औं साधारण सभाको उद्घाटन सत्र चले पनि बन्द सत्र बिना नै साधारणसभा सकिएको थियो ।
साधारण सभा र निर्णय विपरितका साधारण सदस्यहरुको विवादका बिच पुस्तकालयले शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि विवादले नयाँ रुप लिएको छ ।
सदस्यता वितरणमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दर्ता गरिए पनि त्यसको छिनोफानो नहुँदै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन ।
शनिबार अपरान्ह पुस्तकालयको विवाद नसुल्झाई निर्वाचन प्रक्रिया अगाडी बढाईएको भन्दै आजिवन सदस्यहरु राजेन्द्र विष्ट, मायाँ गौतम, खेमराज शर्मा, बलबहादुर खड्का, हेमन्त भट्टराई, गंगाराम चालिसे लगायत आजिवन सदस्यहरुको ठूलो समुहले निर्वाचनको कार्यक्रम रोक्नुपर्ने माग सहित पुस्तकालयमा तालाबन्दी गरेका हुन । निर्वाचन मण्डलले आप्mना कुरा सुनुवाई नगरि एकपक्षिय रुपमा निर्वाचन तालिका सार्वजनिक गरेपछि शनिबार एक विज्ञप्ती जारी गर्दै उनीहरुले पुस्तकालयमा अनिश्चितकालिन तालाबन्दी गरेको जनाएका छन् ।
यस विषयमा पुस्तकालयका अध्यक्ष लिलबहादुर रानासँग बुभ्mदा जिल्ला प्रशासन कार्यालय बाँकेमा परेको उजुरीको विषयमा जिल्ला प्रशासन कार्यालयबाट विवाद टुङ्ग्याई प्रक्रिया अगाडी बढाउन निर्देशन भएको दाबी गर्दै उनले भने, ‘१५० बढि निर्णय बिपरितका साधारण सदस्यहरुको विवाद टुङ्ग्याउने बारे पटक–पटकको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढेको छ ।’
साधारणसभा अगावै निर्णय विपरितका साधारण सदस्यहरु खारेजीको विषयमा पुस्तकालयका आजिवन सदस्यहरुले पुस्तकालयमा ज्ञापन पत्र र जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए । ज्ञापन पत्र बुझाउने मध्येका एक तेजप्रसाद चापागाँईले अबैध रुपमा वितरण गरिएका साधारण सदस्यहरुको सदस्यता खारेजी नभई कुनै प्रक्रिया अनुरुप शनिबार पुस्तकालयमा तालाबन्दी गरिएको बताए ।
चापागाँईले साधारण सभामा उद्घाटन सत्रको नाटक मञ्चन गरिएपनि बन्द सत्र नभएकाले निर्वाचन मण्डल र प्रस्तुत प्रतिवेदनले समेत बैद्यता नभएकको जिकिर गरे ।
निर्वाचन प्रक्रियाबारे निर्वाचन कमिटिका संयोजक जयप्रसाद पौडेलसँग बुभ्mदा पुस्तकालयमा सदस्यता विवादका कारण तालाबन्दी भएकाले विवादको समाधान र ताला नखुलेसम्म चिर्वाचन प्रक्रिया अगाडी नबढाउने जानकारी दिए ।  

Next Post

चिकित्सकिय पेशलाई निरन्तरता दिन सह–निर्देशक डा.पोख्रेलद्वारा राजिनामा

२६ श्रावण २०७५, शनिबार १८:४१
सदरलाइनडटकम, नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सह–निर्देशक डा. कुमार पोख्रेलले पदबाट राजिनामा दिएका छन् ।  उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको सह–निर्देशकको रुपमा कार्यरत रहेका थिए । बिगत ३ वर्षदेखि अस्पतालको सह–निर्देशक पदको जिम्मेवारी सम्हाल्दै आएका डा.पोख्रेलले बिरामीहरुको उपचारलाई प्राथमिकता दिदै सह–निर्देशकको जिम्मेवारीबाट राजिनामा दिई चिकित्सकिय पेशामा […]

सम्बन्धित