भारतीय ‘काँवरिया’ बागेश्वरी मन्दिरमा

२५ श्रावण २०७५, शुक्रबार १४:३६
 

सदरलाइनडटकम,


नेपालगन्ज : बोलबम नारासहित शुक्रवार विहान नेपालगञ्ज प्रवेश गरेका सयौं भारतीय भक्तजनले बागेश्वरी मन्दिरमा जल चढाएका छन् । भारतीय सिमावर्ती क्षेत्रबाट तीन सय बढी शिवभक्त बोल बम भन्दै पैदल यात्रामा नेपालगन्ज आएका हुन् ।
गंगाको जल बागेश्वरी मन्दिरस्थित जुंगे महादेवमा अर्पित गर्न काँवरियाको दल नेपालगन्ज आएको हो । आदर्श थाना रूपईडिहाका ईञ्चार्ज आलोक रावले बोलबम भक्तजनका लागि सुरक्षा प्रबन्ध मिलाइएको बताएका छन् ।

Next Post

११ हजारले गरे बाल विवाहविरुद्धको प्रतिबद्धता

२५ श्रावण २०७५, शुक्रबार १४:३६
सदरलाइनडटकम,  काठमाण्डौं : ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ भन्ने नारासहित सुरु भएको बाल विवाहविरुद्धको सय दिने सञ्चार अभियान शुक्रबार सम्पन्न भएको छ । गत वैैशाख २३ गतेदेखि सुरु भएको अभियानमा मुलुकभरका ३ सय भन्दा बढि सामुदायिक रेडियो सहभागी भएका थिए । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), सीआईएन र वल्र्डभिजन इन्टरनेशनल नेपालबीचको […]