नयाँ वर्षबाट फाइभ जी, कसरी काम गर्छ ?

२१ श्रावण २०७५, सोमबार १०:३९
 

विश्वमा अर्को वर्ष फाइभ जी इन्टरनेट नेटवर्क सुरुअात हुने भएको छ । आउँदो वर्षको सुरुमै विश्वका केही विकशित देशहरुमा फाइभ जी सेवा सुरु हुने र यसले इन्टरनेटको स्पीड अहिलेको अधिकतम स्पीडको तुलनामा दश देखि २० गुणा सम्मले बढि हुनेछ ।

के फाइभ जी नेटवर्क आएजसँगै इन्टरनेट प्रयोगकर्ताको जीवनमा कुनै बदलाव आउँछ त ? के मानिसहरुले अहिले चलाइरहेका फोनको साटो नयाँ फोन खरिद गर्नुपर्दछ त ? के गाउँगाउँसम्म इन्टरनेट पु¥याउन सकिन्छ त ?

आखिर के हो फाइभ जी ?

यसलाई मोबाइल इन्टरनेटको पाँचौँ पिँढी मानिएको छ । यसको स्पीड विद्यमान इन्टरनेट नेटवर्कको भन्दा अधिक हुनेछ । जसबाट ठूला डाटालाई पनि सजिलैसँग छोटो समयमा डाउनलोड तथा अपलोड गर्न सकिनेछ ।

यसको पहुँच पनि वर्तमान मोबाइल इन्टरनेटभन्दा विस्तृत तथा उतकृष्ट हुनेछ । पूर्णरुपमा भिडियो स्पेक्ट्रमको उत्तम प्रयोगको उदाहरणको रुपमा यो रहनेछ र यसबाट एकसाथ अनेक डिभाइसलाई इन्टरनेटबाट जोड्न सकिनेछ ।

मोबाइल् डाटा एनालिटिक्स कम्पनी ओपन सिग्नलसँग सम्बन्धित अधिकारीका अनुसार फाइभ जी नेटवर्कको हाइस्पीड इन्टरनेटले शहरहरुलाई थप स्मार्ट बनाउनेछ । आधुनिक विज्ञानका कार्यहरु थप सहज तथा उत्कृष्ट बन्नेछन् ।

स्वचालित कार पनि एक अर्कासँग सहज सम्वाद गर्न सक्नेछन् र यातायात तथा नक्शासँग सम्बन्धित डाटा शेयर गर्न सक्नेछन् ।
चिकित्सा सुविधा पनि अझै राम्रो हुनेछ र चिकित्सा उपकरणहरु थप स्मार्ट बन्नेछन् ।


फाइभ जी ले कसरी काम गर्दछ ?

यसमा कैयन् नयाँ प्रविधि प्रयोग हुनेछन् तर अहिलेसम्म फाइभ जी को सबै प्रोटोकल तय भएको छैन ।

यसले हाइ फ्रिक्वेन्सी ब्याण्डमा काम गर्नेछ, साढे तिन देखि २६ गिगाहर्ज वा त्यो भन्दा पनि माथि । यसमा तरंग लम्बाई छोटो हुन्छ । तर, एउटा समस्या के भने यस्तो छोटो तरंगलाई सजिलैसँग अवरोध गर्न सकिन्छ ।

त्यसैले भौगोलिक विकटता भएका क्षेत्रमा यस्तो मोबाइल तरंगहरु सहज रुपमा पूराउन कठीन हुनसक्दछ र धेरै ट्रान्सर्फमरको प्रयोग गर्नुपर्दा खर्च धेरै लाग्नसक्दछ ।

फोर जी भन्दा कति फरक ?

यो फोर जी प्रविधि भन्दा पूर्णरुपमा फरक हुनेछ । यो नयाँ प्रविधिमा काम गर्नेछ । अहिले फोर जीमा सर्वाधिक स्पीड ४५ एमबीपीएससम्म सम्भव हुन्छ । चिप निर्माता कम्पनी क्वालकोमका अनुसार फाइभ जी प्रविधिमा यसभन्दा १० देखि २० गुणासम्म बढि स्पीड हुनेछ । त्यसैले फाइभ जी नेटवर्कमा एक एचडी फिल्म एक वा दुई मिनेटमा पूरै डाउनलोड गर्न सकिन्छ ।

कहिलेसम्म सम्भव छ फाइभ जी ?

अधिकतम देशहरुमा फाइभ जी सन् २०२० सम्ममा लञ्च हुनेछ । यद्यपि कतारको एक कम्पनीले चाहीँ फाइभ जी नेटवर्क सुरु गरिसकेको दाबी गरेको छ । दक्षिण कोरियाली पनि आगामी वर्ष फाइभ जी सुरु गर्नेछ । चीनले पनि सन् २०१९ मा फाइभ जी सुरु गर्ने योजना बनाएको छ । बीबीसी

Next Post

हलमा देखियो आर्यन र साम्राज्ञीको क्रेज

२१ श्रावण २०७५, सोमबार १०:३९
शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ ले घरेलू बजारमा सुखद सुरुवात गरेको छ । फिल्मको ओपनिङ अकुपेन्सी ६० प्रतिशत थियो । शुक्रवारभन्दा फिल्मको कलेक्सन ग्राफ शनिवार उकालो लागेको छ । शनिवार बिहान ६५ प्रतिशत रहेपनि ‘कायरा’ ले दिउँसोदेखि साँझसम्म शतप्रतिशत अकुपेन्सी कायम […]

सम्बन्धित