२१ साउन २०७५ सोमवारको राशिफल

२१ श्रावण २०७५, सोमबार १०:३०
 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त संग भेट घाट हुनेछ, आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धार्मिक यात्राको योगछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रिनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला, सचेत रहनुहोला ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्नेछ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउला, लगानी डुव्ने भयछ । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेममा सफलता पाइनेछ । अतिथिको रूपमा सत्कार पाइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । रोकिएको धन पाइएला ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउने वा चोरी हुने भयछ । वैदेशिक क्षेत्र कमजोर रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला ।

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । आँटेको कार्य पुरा हुनेछ ।


 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्य बाट मान सम्मान पाइनेछ ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अचल सम्पत्ति हात पर्ने योगछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पदोन्नतीको सम्भावना प्रवलछ । नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक यात्राको योगछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

 

– ज्यो.प. नारायणप्रसाद दुलाल

Next Post

कानूनमन्त्री नेतृत्वको टोली जाजरकोटमा

२१ श्रावण २०७५, सोमबार १०:३०
सुर्खेत, कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आज पहिरो प्रभावित क्षेत्र जाजरकोट गएको छ । आइतबार जाजरकोटमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको थियो । आइतबार प्रदेशसभाको बैठकमा सभा सदस्यले जाजरकोट पहिरोको घटनाबाट पुगेको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका थिए । प्रभावित क्षेत्र भेरी नगरपालिका–३ […]

सम्बन्धित