नरैनापुर गाँउपालिकाको शिक्षा प्रतिकार्य योजना तयार

८ श्रावण २०७५, मंगलवार १७:५४
 

सदरलाइनडटकम
नेपालगन्ज  : बाँकेको नरैनापुर गाउँपालिकाले शिक्षा प्रतिकार्य योजना–२०७५ तयार पारेको छ । सेभ द चिल्डेनको सहकार्यमा बाँके युनेस्को क्लबले संचालन गरेको दुईदिने कार्यशालापछि सो योजना तयार पारिएको हो ।
आपतकालिन अवस्थामा बालबालिकाको सिकाईको अधिकारलाई छिटो समयमा सुनिश्चित गर्ने, श्रोत साधनको प्रभावकारी परिचालन, विद्यालय नियमित सञ्चालन गरि सिकाईको गुणस्तरलाई कायम राख्ने वातावरण सिर्जना गर्ने उद्देश्यले शिक्षा प्रतिकार्य योजना तयार गरिएको हो ।
सो कार्यशालामा गाउँपालिका अन्र्तगत विभिन्न वडाका वडाध्यक्ष, सदस्य, विद्यालयका प्रधानाध्यापक, लगायतको सहभागिता रहेको बाँके युनेस्को क्लवका कार्यक्रम अधिकृत अनुप बर्माले जानकारी दिए ।
सो परियोजना संचालन भएको डुडुवा र राप्तीसोनारी गाउँपालिकाले पनि शिक्षा प्रतिकार्य योजनाको कार्यशाला सम्पन्न गरि योजना तयार गरि रहेको छ कार्यक्रम अधिकृत बर्माले बताए । अहिले वर्षाको समयमा बाढी र डुबानको विपत आउने सम्भावना बढेकाले यो योजनाले सहयोग गर्ने युनेस्कोले जनाएको छ ।  

Next Post

संविधान निर्माणपछि मुलुकमा राजनीतिक विवाद छैन : सभामुख महरा

८ श्रावण २०७५, मंगलवार १७:५४
सदरलाइन / राज सुवेदी, सौजन्यराज श्रेष्ठ,    नेपालगन्ज : प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संविधान निर्माण भएपछि मुलुकको राजनीतिक विवाद सकिएको दाबी गरेका छन् । उनले मंगलबार नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको शिलान्यास गर्दै सो कुरा दाबी गरेका हुन । उनले भने–‘अब मुलुक बनाउन सरकार […]