सदरलाइनडटकम
नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी बाँके लैङ्गिक तथा समावेशीकरण समितिको आयोजना र नेरेसो पुरैनी उपशाखाको आतिथ्यमा रेडक्रस रक्तदाता उत्प्रेरणा तथा चेलीवेटी बेचविखन सम्बन्धी अभिमुखीकरण सोमवार पुरैनीमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा शाखाकी उपसभापति शान्ति श्रेष्ठले रेडक्रसमा महिलाहरुको सहभागिता र सदस्यता बृद्धिमा जोड दिँदै मानव वेचविखन विरुद्ध सबैको सहयोग आवश्यक रहेको औल्याईन ।
पुरैनी उपशाखाका सभापति फनबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, कार्यालय प्रमुख निरञ्जना मल्ल, नेरेसो पुरनी उपशाखाकी खगेश्वरी रावत, मीरा अधिकारी लगायत उपशाखामा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो ।
अभिमुखीकरण कार्यक्रमको उद्देश्य माथि शाखाका कार्यालय प्रमुख निरञ्जना मल्लले प्रकाश पारेकी थिईन । कार्यक्रमका सहजकर्ताहरुमा गैरसरकारी संस्था महासंघकी अध्यक्ष सपना भट्टराई, नेरेसो बाँके शाखाकी जनसम्र्पक अधिकृत सरिता सिंह र प्रहलाद विश्वकर्मा रहेका थिए भने कार्यक्रम संचालन नेरेसो पुरैनी उपशाखाका सचिव शिवकुमार वर्माले गरेका थिए ।