सदरलाइनडटकम,
डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाको विधेयक समितिले विभिन्न ऐन तथा कार्यविधी निमार्णका लागि सिफारिस गरेको जनाएको छ ।
समितिले न्यायिक समिति कार्यविधी ऐन २०७५ नयाँ बनाउने र आर्थिक ऐन र विनियोजन ऐन र शिक्षा ऐन २०७५ पहिलो संशोधन गर्नका लागि गाउँसभामा सिफारिस गरेको छ ।
यस्तै शिक्षा नियमावली २०७४ पहिलो संशोधन, सार्वजनिक खरिद नियमावली २०७५,‘घ’ वर्गको निमार्ण व्यवसाय इजाजत पत्र सम्वन्धी कार्यविधी २०७५, सहकारी नियमावली २०७५, एकीकृत सम्पत्ती कर कार्यविधी २०७५ विपत व्यवस्थापन कार्यविधी २०७५, सामाजिक सुरक्षा सम्वन्धी कार्यविधी २०७५को कार्यविधी, नियमावली निमार्णका लागि सिफारिस गरिएको हो ।
समितिका संयोजक लिलावती यादवले गाउँपालिकालाई आवश्यक पर्ने ऐन कानून र कार्यविधी निमार्णका लागि कार्यपालिका र गाउँसभामा पठाइएको जानकारी दिए ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)