परियोजनाको अनुगमन सम्पन्न

१० असार २०७५, आईतवार १७:२१
 

सदरलाइनडटकम
१० असार, नेपालगन्ज :   सामाजिक विकास मञ्चले युवासशक्तिकरण बुलगारी परियोजना अन्र्तगत आईतबार नेपालगन्ज उपमहानगर अन्र्तगत बिभिन्न ठाउँमामा परियोजना सल्लाहकार समितिले अनुगमन गरेको छ । समितिले परियोजना संचालन भइरहेको विद्यालयहरु मध्ये बाट युद्द मा वि चारवाहिनी, छात्रवृति पाएकि फुल्टेक्रा मा वि कि छात्र शिल्पा वैश्य, उद्यमि सुमैया वानो रङरेज र सितारा हल्वाई लगाएतकोमा अनुगमन गरेको हो । अनुगमन कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष अजय श्रीवास्तव, व्यवसायिक तथा सिप विकास तालिम केन्द्र बाके प्रमुख जेन्टिल गौतम, जिल्ला युवा समिति बाकेका प्रमुख राम सुरेस यादव, जिल्ला शिक्षा समन्वय एकाईका विद्यालय निरीक्षक खगेन्द्र मल्ल तथा सामाजिक विकास मंच का वरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय लगाएतको सहभागिता रहेको थियो ।

        अनुगमनको क्रममा युद्द संस्कृत मा वि मा परियोजना को सहयोगबाट संचालन भइरहेको जिवन उपयोगि सिप कक्षाको अनुगमन गरीयो । अनुगमन समिति संग कुरा गर्दै यूद्द संस्कृत मा बि का प्रधानाध्यापक दिलिप श्रीवास्तवले परियोजना बाट विद्यालयलाई विद्यार्थिको नियमितता र सिकाई उपलब्धि सुधार गर्न जिवन उपयोगी सिप कक्षा, उपचारात्मक कक्षा, विपन्न विद्यार्थिहरुलाई छात्रवृति सहयोग, अतिरिक्त क्रियाकलाप हाजिरी परीक्षण, अभिभावक हरुसंग छलफल जस्ता विषयमा सहयोग भइरहेको जानकारी दिए, युवा उद्यमी सितारा हल्वाईले सामाजिक विकास मंच बाट लघु अद्यम तालिम लिई सिलाई कटाई लाई व्यवस्थित गर्न सहज भएको वताईन् उनले भनिन् घरेलु तथा साना उद्योग कार्यालय बाट तालिम लिए तर आर्थिक अवस्था कमजोर भएका कारण सिलाई मेसिन किन्न सकेको थिएन् ।


        तर अहिले सामाजिक विकास मंच बाट ५ दिने लघु उद्यम विकास तालिम संगै सहकारी संग समन्वय गरी रु ३०००० ऋण सहयोग प्राप्त पाएपछी मासिक १०००० सम्म आम्दानी हुने गरेको वताईन् । फिल्ड अनुगमन पछि समिक्षा कार्यक्रममा बोल्दै जिल्ला युुवा समिति प्रमुख रामसुरेश यादवले मंचले गरीरहेका क्रियाकलापहरु उपलब्धिमुलक भएको वताउदै अनुगमन लाई थप प्रभावकारी तथा नियमित बनाउनुपर्नेमा जोड दिए । विद्यालय निरीक्षक खगेन्द्र मल्लले विद्यालय मा संचालन भईरहेको जिवन उपयोगि सिपले विद्यार्थि को चौतफि विकास हुने भएकोले यसलाई परीयोजना समाप्ति पछि पनि निरन्तरता दिने गरी विद्यालयले योजना बनाउदा समावेस गराउनु पर्ने बताए । समन्वय समिति अध्यक्ष अजय श्रीवास्तव ले परियोजना बाट संचालित क्रियाकलापहरु लाई बाकें जिल्लाभरी संचालन गर्न सल्लाह दिए ।

        समापन मा बोल्दै मंचका वरिष्ठ सल्लाहकार घनश्याम उपाध्यायले संस्थाले गरीरहेका क्रियाकलापहरु लाई सल्लाह र सुझावको आधारमा परीमार्जन गर्दै लाने बताए। सेभ द चिल्ड्रनको साझेदारीमा मञ्चले सन २०१६ देखि यो कार्यक्रम संचालनमा ल्याएका हो । सातवटा माध्यामिक विद्यालयलाई कार्य क्षेत्र बनाएर यस परियोजना अन्तरगत उपचारात्मक, कक्षा जिवन उपयोगी सिप कक्षा, बालसमुह गठन पुनर्गठन, अतिरिक्त कृयाकलापमा सहयोग तथा विध्यार्थी नियमितताका लागि अन्य बालबालिका केद्रित कृयाकलापहरु गर्दै आएको छ । भने जिविकोपार्जन तर्फ १८ देखि २२ वर्ष सम्मका युवायुवतिहरुलाई लघु उद्यम तथा व्यवसायिक सिप तालिम प्रदान गर्दै आएको छ। हरेक वर्ष कार्यक्षेत्रका ७ वटा विद्यालयका ६० जना बालबालिकाहरुलाई रु १०००० का दरले छात्रवृति प्रदान गरीदै आएको छ।

Next Post

नेपालगन्ज उप–महानगरको तेस्रो नगरसभा सम्पन्न

१० असार २०७५, आईतवार १७:२१
सदरलाइनडटकम, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको तेस्रो नगरसभा सम्पन्न गरेको छ । अर्थिक वर्ष०७५/७६ को लागि २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ वजेट प्रस्तावित गर्दै सार्वजनिक गरेको छ । उप–महानगरपालिकाले नीति तथा कार्यक्रमसहितको सो अनुमानित आय/व्यय वजेट प्रस्ताव उपप्रमुख उमा थापामगरले प्रस्ताब गरेकी हुन । उनले आगामी आर्थिक […]

सम्बन्धित