सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको वडा न १४ ले बालेगाउँमा बिहीबार जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
वडा अध्यक्ष ओमकार नाथ मिश्रको अगुवाईमा वडाका ७० वर्ष भन्दामाथिका जेष्ठ नागरिकलाई फलफूल वितरण गरिनुका साथै स्वास्थ्य परिक्षण गरिएको हो ।
फलफूल वितरण गर्दै वडा अध्यक्ष मिश्रले जेष्ठ नागरिकको स्वास्थ्य रक्षाका लागि सबै जिम्मेदार हुनुपर्ने बताए । महिला पुरुष गरि १८ जना जेष्ठ नागरिकको स्वास्थय परिक्षण गरिएको जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमका संयोजक लक्ष्मणप्रसाद वर्माले जानकारी दिए ।
स्वास्थ्यकर्मी सन्दिप गोडिया र चन्द्रा सिंहले स्वास्थ्य परिक्षण गर्दै आवश्यक औषधि उपचारको सल्लाह समेत दिएका छन् । विशेषतः जाँच गरिएका मध्ये अधिकांसमा उच्च रक्तचापका विरामी भेटीएका छन् भने एक जनालाई भने हात्तिपाइले भएको पाइएको छ ।
