रहेनन् डा देवकोटा

४ असार २०७५, सोमबार २०:३७
 

सदरलाइनडटकम
४ असार, काठमाडौं : वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको हो ।


 अस्पतालले साँझ विज्ञप्ति जारी गरी देवकोटाको निधन भएको जानकारी दिएको हो ।पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएका डा देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैले स्थापना गरेको उक्त अस्पतालमा उपचाररत थिए ।
गत हप्ता डा देवकोटाकै चाहना अनुसार उनलाई गृह जिल्ला गोरखा लगिएको थियो । देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।
डा। देवकोटाको काजकिरिया उनकी पत्नी डा। मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ । अनलाइनखबरबाट

Next Post

उद्यमशिलताका बिषयमा अन्तरक्रिया

४ असार २०७५, सोमबार २०:३७
सदरलाइनडटकम ४ असार, नेपालगन्ज : युवा उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । कार्यक्रमका सहभागिहरुले युवा उद्यमीलाई प्रोत्साहन गर्न बिभिन्न कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिइएयो । सामाजिक विकास मन्च बाँकेको आयोजनामा सोमबार नेपालगन्जमा भएको उद्यमशिलता पुर्वाधारका लागि युवा उद्यमी र सरोकारवालाबीच भएको अन्तरक्रियामा यस्तो बताइएको हो । कार्यक्रममा […]