लोक सेवा सम्बन्धी विषयगत प्रश्नोत्तर

४ असार २०७५, सोमबार १८:२२
 

१. नेपालको संविधानले राजनीतिक तथा शासन व्यवस्थास्म्बन्धी के कस्तो नीति अख्तियार गरेको छ ? उल्लेख गर्नुहोस् । 
नेपालको संविधानको धारा ५१ (ख) ले राजनीतिक तथा शासन व्यवस्थासम्बन्धी देहानयको नीति अवलम्वन गर्ने गरेको छ , जसलाई निम्नानुसार उल्लेख गर्न सहिन्छ :
–  राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्ने,
–  आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका माध्यमबाट जनाताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने,
–  मानवअधिकारको संराक्षण र सम्बद्र्धन गर्ने,
–  विधिको शासन कायम राख्ने,
–  नेपाल पक्षभएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयन गर्ने,
–  सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउने,
–  राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गर्ने,
–  सुशासनको प्रत्याभूति गर्ने,
–  आमसञ्चारलाई स्वच्छ, स्वस्थ निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायीक बनाउन आवश्यक व्यवस्थागर्ने,
–  सङ्घीय एकाइबीच जिम्मेवारी, स्रोत साधन र प्रशासनको साझेदारी गर्दै सुमधुर र सहयोगात्मक सम्बन्धको विकास र विस्तार गर्ने ।

२. उपभोग्य वस्तुको लेबलमा उत्पादकले अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने कुरा केके हुन् ? उल्लेख गर्नुहोस् । 
उपभोक्ता संरक्षण ऐन, २०५४ ले उपभोग्य वस्तुको लेबलमा उत्पादकले अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने कुराको व्यवस्था गरेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सहिन्छ ः
– उत्पादकको नाम ठेगाना र उत्पादकको दर्ता नम्बर,
– खाद्यपदार्थ र औषधिजस्ता उपभोग्य वस्तुको मिश्रण, त्यसको परिणम र तौल,
– गुणस्तर निर्धारण भएको उपभोग्य वस्तुमा सो वस्तुको गुणस्तर,
– उपभोग्य वस्तु उपभोग गर्ने तरिका र सो वस्तु उपभोग गरेबाट हुन सक्ने प्रभाव,
– उपभोग्य वस्तुको मुल्य, ब्याच नम्बर, उत्पादन मिति र उपभोगको म्याद सकिने मिति,
– इलेक्ट्रोनिक हार्डवेयर तथा यान्त्रिकजस्ता उपभोग्य वस्तुमा सो वस्तुको ग्यारेन्टी, ग्यारेन्टी मिति तथा अन्य आवश्यक कुरा,
– प्रज्वलनशिल, दुर्घटनाजन्य तथा सजिलैसँग टुटफुट हुनसक्ने उपभोग्य वस्तुमा सो वस्तुको सुरक्षाको लागि अपनाउनुपर्ने कुराहरु,
– तोकिएबमोजिमका अन्य कुराहरु ।


साभारः गोरखापत्र

Next Post

पर्दामा फर्किइन् ‘प्रेमगीत २’ हिरोइन, बाँधियो शारुकसँग जोडी

४ असार २०७५, सोमबार १८:२२
युवा स्टार प्रदीप खड्कासँग फिल्म ‘प्रेमगीत २’ सिरिजमा स्क्रिन साझेदारी गरेकी अभिनेत्री अश्लेषा ठकुरी फेरि पर्दामा फर्किएकी छिन् । डेब्यु फिल्ममा प्रदीपको छायाँमा परेकी उनी निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको नयाँ फिल्म ‘मेरी मामु’ मा देखिन लागेकी हुन् । ‘प्रेमगीत’ को दुई सिरिज निर्माता सेन आफैंले निर्माण गरेका थिए […]