फुटपाथ कब्जा गर्ने बिरुद्ध सक्रिय प्रहरी

४ असार २०७५, सोमबार ०७:५९
 

सदरलाइनडटकम
४ असार, नेपालगन्ज : पैदलयात्रु दुर्घटनाको जोखिममा पार्ने गरी फुटपाथ कब्जा गर्ने बिरुद्ध प्रहरीले अभियाननै चलाएको छ । चारलेन सडक बनिसक्दा समेत फुटपाथ कब्जा गर्न नछाडेकाहरु बिरुद्ध वडा प्रहरी कार्यालय नेपालगन्जले ट्राफिक प्रहरीको समन्वयमा अभियान चलाइरहेको हो ।
अहिले नेपालगन्जको मुख्य सडक सुर्खेतरोड र अन्य सडकको फुटपाथमा व्यवसायीहरुले आफ्ना सामानहरु राखेर बटुवाहरुलाई आवातजावत रोक्ने काम गरेका छन् । सामानका कारण दुर्घटना समेत भएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जमा इन्चार्जका रुपमा नारायण डाँगी आए लगत्तै उनले फुटपाथ कब्जा गर्ने बिरुद्ध अभियान नै चलाउन शुरु गरेका हुन । ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायसंगको समन्वयमा काम भइरहेको र यो निरन्तर चल्ने वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज नारायाण डाँगीले जानकारी दिए । यो कार्यमा सबैले सहयोग गर्ने आफुले अपेक्षा गरेको इन्चार्ज डाँगीले बताए ।

Next Post

बाँकेको राप्तीसोनारीमा करिव डेढसय शिक्षक दरबन्दी अभाव

४ असार २०७५, सोमबार ०७:५९
सदरलाइनडटकम ४ असार, नेपालगन्ज  : बाँकेको राप्ती सोनारी गाउँपालिकामा रहेका ५३ वटा सामुदायिक विद्यालयका लागि १सय ३८ शिक्षक अपुग रहेका छन् । राप्ती सोनारी गाउपालिका शिक्षा शाखाका प्रमुख तथा विद्यालय निरिक्षक जीवन न्यौपानेले गाउपालिकामा रहेका सबै सामुदायिक विद्यालयका लागि माध्यामिक तहमा २७, निमावि तहमा ६० र प्राथामिक तहमा ५१ शिक्षक […]