यसरी भयो चाचाजीको नागरिक अभिनन्दन (फोटो फीचर)

२९ जेष्ठ २०७५, मंगलवार २१:४७
 

सदरलाइनडटकम 
२९ जेठ, नेपालगन्ज : प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’ को मंगलबार साँझ नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको छ ।
चाचाजीको निवास त्रिभुवनचोक पूर्वलाईनबाट उनी र उनकी धर्मपत्नीलाई नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष जयनारयण शाहले माला र खादा ओढाई रथारोहणसहित भब्य कार्यक्रमको आयोजना गरेर नगर परिक्रमा समेत गरिएको थियो ।
साँझ ५ बजे चाचा निवास त्रिभुवनचोकबाट जोडि हात्ति, प्रहरी व्यण्डसहितको रथरोहण सुरु भई नेपालगन्जको बिभिन्न ठाउँमा परिक्रमा गरी नागरिक अभिनन्दन गरिएको हो । र्यालीमा विभिन्न क्षेत्रका व्यत्तित्व, राजनीतिज्ञ, पत्रकार, विद्यार्थी नागरिक समाज लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
रथारोहण गराई नगर परिक्रमा गरि सकेपछि आयोजित विशेष समारोहमा नेपालगन्ज उप–महानगरका प्रमुख डा. धवल शम्शेर राणा, उप प्रमुख उमा थापामगरले नागरिक अभिनन्दन पत्रप्रदान गरेका थिए ।
यसैसंगै नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटी, नेपाल प्रेस युनियन केन्द्रीय कमिटी प्रेस चौतारी र प्रेस सेन्टरलगायतका पत्रकारका संस्थाहरुले सम्मान पत्रका साथ सम्मान गरेका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाले चाचाजीको व्यक्तित्वको बारेमा चार्चा गर्दै सुरु गरिएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, सांसद महेश्वर जंग गहतराज, चाचाजि का जेष्ठ सुपुत्र विजयकुमार गुप्तालगायतले उनको व्यक्तित्व र कृतित्वको बारेमा चर्चा गरेका थिए । शब्द फोटो  :रुद्र सुवेदी ।

    


 

Next Post

खजुराले राजपत्र प्रकाशन ग¥यो

२९ जेष्ठ २०७५, मंगलवार २१:४७
सदरलाइनडटकम ३० जेठ, नेपालगन्ज :  खजुरा गाउँपालिका बाँकेको राजपत्र प्रकाशन भएको छ । खजुरा गाउँपालिकामा बुधवार आयोजित कार्यक्रममा अध्यक्ष किस्मतकुमार कक्षपतिले राजपत्र सार्वजनिक गरेका हुन । ६ वटा ऐनहरु समावेश गरिएको राजपत्र सार्वजनिक गर्दै अध्यक्ष कक्षपतिले कार्यविधि तथा ऐनको अभावमा करीब १ वर्षको अवधीमा कार्यसम्पादनमा कठिनाई भएको अनुभव सुनाए । […]