सदरलाइनडटकम
११ बैशाख, नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा मंगलबार बिहान भएको सडक दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
जानकी गाउँपालिका मानपुरमा भे १ त ४००६ नं ट्याक्टर मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीका अनुसार, दुर्घटना हुँदा राजापुर नगरपालिका वडा नम्बर ३ घर भएका ३९ वर्षिय देवि थारुको मृत्यु भएको छ ।
बारबर्दिया नगरपालिका ३५ वर्षिय कालुराम चौधरी र ३० वर्षिय सेवकराम चौधरी घाइते भएका छन् । उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)