गठबन्धनका उम्मेदवारलाई जिताउन पुर्वजनमुक्ति सेना प्रतिवद्ध

सदरलाइन संवाददाता १९ कार्तिक २०७९, शनिबार १४:३१
 

नेपालगञ्ज : पुर्व जनमुक्ती सेनाका प्रतिनिधिहरुले पाँच दलिय बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउने बताएका छन । शनिबार बिहान पुर्व जनमुक्ति सेनाका प्रतिनिधि तथा उम्मेदवारबिच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा उनिहरुले बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका हुन ।

आफुहरुको त्याग र बलिदानबाट प्राप्त ब्यवस्था र संविधानको रक्षार्थ पाँच दलिय गठबन्धनले खेलेको भुमिका महत्वपूर्ण रहेको भन्दै उनिहरुले आफुहरु सधैं अग्रगमनको पक्षमा रहेको बताए । महान जनयुद्ध र दोस्रो जनआन्दोलनबाट ब्यवस्था बदलिय पनि आम नागरीकको अवस्था भने उस्तै रहेको भन्दै आगामी निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले आम जनताको अवस्था बदल्ने गरी काम
गर्नुेपर्नेमा उनिहरुले जोड दिएका थिए ।


कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं. १, प्रतिनिध सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज (अथक) ले अहिलेको ब्यवस्था ल्याउनमा जनमुक्ती सेनले खेलेको भुमिका अतुलनिय रहेको बताए । उनले आफ्नो ज्यानको बाजी राखेर ब्यवस्था परिवर्तनको आन्दोलनमा होमिएका ज्ञातअज्ञात सहिदहरुको सपना साकार पार्ने दायित्व गठबन्धको काँधमा आएको भन्दै गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी अभियान चलाउन आग्रह गरे । “दश वर्षे जनयुद्धले वर्षौदेखी जरा गाडेर बसेको ब्यवस्थाको अन्त्य गर्यो” माओवादी केन्द्रका स्थायी समिती सदस्य समेत रहेका अथकले भने, “यो तपाई हामी सबैको देन हो । यसलाई संरक्षण गर्ने दायित्व अब हाम्रो काँधमा आएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विनोद अग्रहरीले सार्वजनिक गरे बाचा पत्र

१९ कार्तिक २०७९, शनिबार १४:३१
नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका विनोद अग्रहरीले समृद्ध बाँकेको लागि बाचा पत्र सार्वजनिक गरेका छन् । शनिवार पत्रकार भेटघाटको आयोजना गरि अग्रहरीले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन् । शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, सुन्दर सहर र उच्चतम प्रविधिलाई बाचापत्रमा अग्रहरीले उल्लेख […]