कर्णाली पत्रकार समाज गठन

२४ चैत्र २०७४, शनिबार १७:३६
 

सदरलाइनडटकम  
२१ चैत, काठमाडौ : कर्णाली पत्रकार समाज काठमाडौको अध्यक्षमा भरतबन्धु थापा (दैलेख) चयन भएका छन् । कर्णाली प्रदेशबाट केन्द्रीय राजधानी काठमाडौ आई पत्रकारीता गरिरहेका पत्रकारहरुको शनिवार भएको भेलाले थापालाई अध्यक्षमा चयन गरेको हो । भेलाले १५ सदस्यीय कार्य समिति चयन गरेको छ ।
दैलेख क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्य रविन्द्रराज शर्माको उपस्थितिमा भएको उक्त भेलाले उपाध्यक्षमा डिल्ली पाण्डे(जुम्ला) महासचिवमा कमल न्यौपाने(सुर्खेत) कोषाध्यक्षमा रविन्द्र सुवेदी –दैलेख) सचिवमा महिलाबाट गीता थापा(सुर्खेत) लाई चयन गरेको छ ।
यसैगरी रामकुमार शाही –जाजरकोट), धनेन्द्र शाही (कालिकोट) संकल्प निर्मोही (मुगु) नन्दा बस्नेत (सुर्खेत) चिरञ्जीवी सापकोटा(सुर्खेत) लगायतलाई कार्य समिति सदस्यमा भेलाले चयन गरेको छ । समितिको सल्लाहाकारमा (श्यामल) हरिहर अधिकारीको संयोजकत्वमा सूर्यमणि गौतम र नेत्र केसीलाई चयन गरेको महासचिव कमल न्यौपानेले जानकारी दिए ।

Next Post

उपमहानगरपालिकामा शिक्षा नीति निर्माणको पहल

२४ चैत्र २०७४, शनिबार १७:३६
सदरलाइनडटकम २४ चैत, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाले समग्र शैक्षिक नीति निर्माणको पहल गरेको छ । नेपालगन्ज उप–महानगरपालिकाले नगरको शैक्षिक गतिविधि सञ्चालन तथा सुधारका लागि शनिबारदेखि औपचारिक र नीतिगत पहल शुरु गरेको हो । नेपालगन्जमा जारी दुई दिने उप–महानगरपालिकाको शिक्षा नीति निर्माण विषयक कार्यशाला गोष्ठीमा आएका सुझावलाई ग्रहण गर्दै उप–महानगरपालिकाले शैक्षिक […]