चितुवाको आक्रमणबाट बर्दियामा एक बालक घाइते

सदरलाइन संवाददाता २८ भाद्र २०७९, मंगलवार १२:४३
 

नेपालगञ्ज : बर्दिया सदरमुकाम गुलरिया—८ जय बागेश्वरी टोलमा घरमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा एक २० महिने बालक घाइते भएका छन् ।

सीमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षबाट आएको चितुवाले उनलाई आक्रमण गरेको स्थानीयले बताएका छन् । डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी एवं सहायक वन अधिकृत द्रोण शर्माले भेरी गंगा नगरपालिका—१३ जाजरकोट घर भई माइत आएकी रेजिना वलीका छोरा विक्रम शाहीलाई चितुवाले आक्रमण गरेको बताए ।


सोमवार साँझ साढे ७ बजे झम्टिन लाग्दा स्थानीयले हो–हल्ला गरेपछि चितुवा भागेको सूचना अधिकारी शर्माले बताए । चितुवाको आक्रमणमा सामान्य घाइते भएका शाहीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागूऔषधसहित सुर्खेतमा एक जना पक्राउ

२८ भाद्र २०७९, मंगलवार १२:४३
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–१० का ३४ वर्षीया भरत विकलाई लागूऔषधसहित पक्राउ गरेको हो । शंका लागेर उनलाई चेक जाँच गर्दा ७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ । विकलाई नियन्त्रणमा लगेर […]