बाँकेका न्यायिक समितिमा आउने अधिकांश मुद्दा सम्बन्ध विच्छेदका

१८ चैत्र २०७४, आईतवार १८:५८
 

सदरलाइन / रुद्र सुवेदी 
१८ चैत, नेपालगन्ज   : स्थानीय तहका न्यायिक समितिमा सम्बन्ध विच्छेद र साँध मिचेको उजुरी बढी आउने गरेको पाईएको छ । स्थानीय तहका उप प्रमुखहरु संयोजक रहेको न्यायिक समिति बाँकेको चौथो बैठकका क्रममा सो कुराको जानकारी आएको हो । बाँकेको नरैनापुर गाउँपालिकाको आतिथ्यमा सम्पन्न चौथो ‘मोबाईल बैठक’का क्रममा बाँकेका आठवटै स्थानीय तहका उपप्रमुख सहभागि रहेका थिए ।
नरैनापुर गाउपालिका उपप्रमुख जयन्तीदेबी श्रीबास्तवले हालसम्म गाउपालिकाको न्यायिक समितिमा आएका मुद्दा सबै सम्बन्ध विच्छेदका मात्र भएको बताईन । उनले १२ वटा सम्बन्ध विच्छेदका मुद्दा प्रकृयामा रहेको जानकारी दिदै भनिन–‘ अहिलेसम्म १२ वटा मुद्दा सम्बन्ध विच्छेदका र केही साँध मिचिएको विषयमा आएकोमा आपसी छलफल गरी टुंगाएका छौ । अहिलेसम्म ईजलास भने बसेको छैन ।’
राप्ती सोनारी गाउपालिकाका उपप्रमुख धनीकुमारी खत्रीले अहिलेसम्म गाउपालिकाको न्यायिक समितिमा ८ वटा मुद्दा आएकोमा १ मिलापत्रमा टुंगिएको एक अदालत पठाएको बाँकी तामेलीमै रहेको जानकारी दिईन । उनले ईजालस नबसेको जानकारी दिदै भनिन–‘ आएका ८ वटा मुद्दा मध्ये ५ वटा मुद्दा सम्बन्ध विच्छेदको रहेका छन् ।’
खजुरा गाउपालिकाका एकमाया विकले आफु बाहली भएर आएदेखि हालसम्म ४० वटा मुद्दा आएको भएपनि इजलासको भने अभ्यास नभएको बताईन । उनले आफुकहाँ आएका मुद्दामा ४ वटा सम्बन्ध विच्छेद, १२ जग्गा खिचोलासम्बन्धित आपसी छलफलपछि मिलापत्र गराएको अन्य तामेली मै रहेको बताईन ।
कोहलपुर नगरपालिकाका सञ्जु कुमारी चौधरीले २३ वटा मुद्दामा १० वटा सम्बन्ध विच्छेदको रहेको २ जालसाँझी र बाँकी साँध मिचिएको रहेका बताईन । उनले एक मुुद्दा अदालत पाठईएको भए पनि ईजालस नबसेको बताईन ।
जानकी गाउपालिकाका भूमिसरा धितालले ४० वटा मुद्दा आएको र त्यसका १ मात्र सम्बन्ध विच्छेदको रहेको भएपनि कुटपिट र साँघ मिचिएको उजुरीको थुप्रो छन् । १० वटा मिलापत्र भएर फच्र्याेट भएको र १ अदालत पठाईएको बताईन ।
डुडुवा गाउपालिकाका साईदा बानेले ६ वटा मुद्दा आएकोमा ४ सम्बन्ध विच्छेद र २ वटा जग्गा खिचोलाका रहेको बताईन । बैजनाथमा फागुन ११ गतेसम्म आएका २० मुद्दामा ४ वटा सम्बन्ध विच्छेद,त्यस यता २ वटा थपिएको बताईन परेका मुद्दा मध्य १६ वटा मिलापत्र गराईएको र ४ वटा अदालत पठाईएको बताईन ।
नेपालगन्ज उप–महानगरमा भने मुद्दाको चाङ्ग नै रहेको उप–मेयर उमा थापामगरले ३ पटकसम्म ईजलास बसेको र ईजालसमा आएका मुद्दा मध्य अधिकांश संबन्ध विच्छेदको रहेको बताईन । उनले भनिन–‘अहिलेसम्म हेरेका मुद्दाको प्रकृति अनुसार सम्बन्ध विच्छेद र साँध मिचिएको बढी छन् । ३ पटक ईजलास बस्यो सरदर १२ वटा मुद्दा हेरिएको छ ।’
उनले न्यायिक समितिलाई चनाखो र कानुनका विषयमा ज्ञान दिदै उनीहरुले न्याय सम्पादनका क्रममा भोगेका समस्या तथा अनुभाव साटासाट गर्ने उद्देश्यले हरेक महिना मासिक मोबाईल बैठक राख्ने गरिएको जानकारी दिदै भनिन–‘हरेक महिनामा न्यायिक समितिका संयोजकहरुले आ–आफ्नो स्थानीय पालिका आएको उजुरी तथा न्याय सम्पादनको विषयमा भोगेका भोगाईहरु एक अर्कामा जानकारी गराउने उद्देश्यले ‘मोवाईल बैठक’ को आयोजना गर्ने गरिएको हो ।
नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुरस्थित गाउँपालिका कार्यालयमा न्यायिक समितिकोे ‘मोबाइल बैठक’ले समितिलाई आवश्यक पर्ने ऐन, कानुन, कागज पत्र,  फारामको  ढाँचा  ड्राफ्ट  गर्ने  जिम्मा  समितिका संयोजक तथा नेपालगन्ज उप–महानगरपालिकाका उपमेयर उमा थापा मगरलाई दिने निर्णय गरेको छ ।
८ वटै स्थानीय तहका न्यायिक समितिका संयोजकहरुको उपस्थितिमा बैठक बसेको हो । न्यायिक समितिको संयोजक स्थानीय तहका उपाध्यक्ष वा उपप्रमुख रहने व्यवस्था छ । बैठक अघि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबले सबै उप–प्रमुखहरुलाई गाउँपालिका कार्यालयमा स्वागत गरेका थिए ।
अध्यक्ष शाहले सो अवसरमा गाउँपालिकाले संचालन गरि रहेका गतिविधिका विषयमा जानकारी गराउनु साथै न्यायिक समितिको प्रभावकारी सञ्चालनका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता उहाँले ब्यक्त गरे ।
समितिका संयोजक थापाले न्यायिक समितिको सहजताका लागि इजलास कक्ष, कानुन शाखा, कर्मचारीको व्यवस्थापन, दक्षता अभिबृद्धि तालिम गर्न गाउँपालिकालाई आग्रह गरिन । उनले न्यायिक समितिको काम, कर्तव्य, अधिकार र उपाध्यक्षको जिम्मेवारीबारे प्रष्ट हुन अध्यक्षलाई सहयोग पुर्याउने हेतुले सबै स्थानीय तहहरुमा ‘मोबाइल बैठक’ राख्दै आएको थापाले स्पष्ट पारिन ।
समितिको आगामी बैठक बैशाखमा राप्तीसोनारी गाउँपालिकामा बस्ने निर्णय भएको जनाएको छ । यसअघि कोहलपुरमा पहिलो, नेपालगन्जमा दोस्रो र डुडुवामा तेस्रो बैठक बसेको थियो ।

Next Post

राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता रोकियो

१८ चैत्र २०७४, आईतवार १८:५८
सदरलाइनडटकम   १८ चैत, नेपालगन्ज : राष्ट्रिय बहिरा क्रिकेट संघ नेपाल र बाँके बहिरा क्रिकेट बहिरा संघको संयूक्त आयोजनामा यहि चैत २० देखि २५ गतेसम्म हुने भनिएको प्रतियोगिता स्थगित भएको छ । अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा हुने भनिएको नबौ राष्ट्रिय बहिरा प्रतियोगिता रोष्ट्रिय खेलकुद परिषदको आग्रह र राष्ट्रिय बहिरा क्रिकेट संघको […]