जिल्ला जनस्वास्थ्य बाँकेको आयोजनामा गंगापुरमा स्वास्थ्य शिविर सम्पन्न

१५ चैत्र २०७४, बिहीबार २०:५१
 

सदरलाइनडटकम 
१५ चैत, नेपालगन्ज : जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले ‘सेवाको पहुँच बाहिरको समुदायमा एकीकृत जनस्वास्थ्य अभियान तथा निःशुल्क स्वास्थ्य शिविर’ नरैनापुर गाउँपालिकाको वडा नं. ६ गंगापुरमा सम्पन्न गरेको छ ।
गंगापुरको स्वास्थ्य केन्द्रमा आयोजना गरिएको सो शिविरबाट विभिन्न रोगका ६ सय ७५ जना सेवाग्राहीले स्वास्थ्य उपचार पाएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार सो शिविरमा ५० जनाले स्त्री रोगको तथा पाठेघरको मुखको क्यान्सरको, ३५ बाल रोग, १ सय ५५ले कानको, २ सय २५ आँखा र २ सय १० ले जनरल मेडिसिनको, ८२ जनले एचआईभी परिक्षण र ६० जनाको पिसावमा प्रोटिन र सुगर जाँगरिएको गरी ६ सय ७५ जनाले उपचार सेवा लिएका छन् ।
यसैगरी सोही शिविरमा आएका कानका विरामी मध्ये २० जना थप उपचारको लागि भेरी अञ्चल अस्पताल रिफर गरिएको छ । ३३ जना आँखाको र ८ जनामा पाठेघरको शल्यक्रिया गरी थप उपचारको उपचार गर्न रिफर गरिएको छ । एचआईभि जाँच गरिएको सबै रिर्पोट नेगेटिभ आएको र पिसाबमा ५ जनामा समस्या देखिएको जानकारी आएको छ ।
सो शिविरमा भेरी अञ्चल अस्पतालका फिजिसियन डा. रजनी केसी शाह, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालकी बालरोग विषशज्ञ डा. रोमा बोरालगायतको स्वास्थ्यकर्मीको टिमले विरामी चेकजाँच गरेको थियो ।
जिल्ला जनस्वास्थ कार्यालय बाँकेको आयोजनामा सो वडाको विभिन्न आठ स्थानको खानेपानीको मुहान जाँच गरिनुको साथै १ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
सो शिविरमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्का, राष्ट्रिय क्षयरोग निवारण केन्द्रका डा. मोहन प्रसाई, सेभ द चिल्ड्रेनका हरीबोल बजगाई, वडा अध्यक्ष बीरेन्द्र पाल सिंहलगायतको सहभागितामा जेष्ठ नागरिकलाई छाता र टर्च लाईट दिएर सम्मान गरिएको थियो ।  

Next Post

क्षयरोग र कुष्ठरोग बारे अभिमुखिकरण

१५ चैत्र २०७४, बिहीबार २०:५१
सदरलाइनडटकम  १५ चैत, नेपालगन्ज : जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको उपेक्षित दलित तथा जनजाती सहभागिमुलक कार्यक्रम अन्तरगत कुष्ठरोग र क्षयरोगको बारेमा अभिमुखिकरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले नरैनापुर गाउपालिकाको वडा नं. ६ गंगापुर स्वस्थ्य केन्द्रमा सो वडाका महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्यकर्मी लगायतलाई लक्षित गरी सो अभिमुखिकरण कार्यक्रम आयोजना […]