शनिवार बाँकेमा २१ जनामा कोरोना पुष्टि, ७ जना डिस्चार्ज

सदरलाइन संवाददाता २३ श्रावण २०७८, शनिबार १७:२२
 

नेपालगञ्ज : शनिवार बाँकेमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये बाँकेका ११ जना रहेका छन् । आज ७ जना डिष्चार्ज भएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी १३९ नमुना परीक्षणमा बाँकेका ११ जनासहित २१ जनामा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ११ जना, मेडिकलमा कलेज कोहलपुरमा ६ जना बागेश्वरी ल्याबमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।


हालसम्म बाँकेमा १७ हजार ७ सय १७ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार २ सय ७९ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २२ जनाको मृत्यु भएको छ ।

जिल्लामा १३२ जना सक्रिय संक्रमित रहँदा ४० जना अस्पताल र आइसोलेसनमा छन् भने ११७ जना होम आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित बाँकेका दुईजना काठमाण्डौमा पक्राउ

२३ श्रावण २०७८, शनिबार १७:२२
नेपालगञ्ज : लागुऔषध खैरो हिरोइनसहित बाँकेका दुई जना युवालाई प्रहरीले शनिवार काठमाण्डौबाट पक्राउ गरेको छ । नेपालगञ्जका सुवास बराल र नरैनापुरका मोविन जोलाहालाई धारापाटिबाट बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुको साथबाट २० ग्राम खैरो हिरोइन, लागुऔषध जोख्ने तराजु, ३ थान मोवाइल, ८२ हजार नेपाली रुपैयाँ, […]