जनताकाे अपेक्षा पूरा गर्ने जिम्मेवारी सरकारकाे हाे:मन्त्री शर्मा

सदरलाइन संवाददाता ३ बैशाख २०८१, सोमबार १५:३६
 
दाङ :  सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जनताकाे अवस्थामा परिवर्तन ल्याउन सरकारले कानुन कार्यान्वयनलाई प्राथमिकतामा राखेकाे बताएकी छन् । राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताकाे अवस्थामा सुधार आउन नसकेका गुनासाका विच सरकारले जनताकाे अवस्थामा सुधार ल्याउन कानुन कार्यान्वयनलाई प्राथमिकतामा राखेकाे बताइन् ।
नेपाल पत्रकार महासंघ दाङकाे २२ औ साधारणसभा तथा १२ औ अधिवेशन एवम् मिडिया महाेत्सवकाे आज दाङकाे घाेराहीमा उद्घाटन गर्दै उनले पत्रकारिता र राजनीति  परिवर्तनकाे यात्रामा सँगसँगै रहेकाे स्मरण गर्दै अहिले राजनिती र पत्रकारीताकाे एजेन्डा फेरिएको बताइन ।
संविधानमा उल्लेख माैलिक हक कार्यान्वयन गर्नुपर्ने मुल जिम्मेवारी सरकारकाे भएको,  तीन  तहका सरकारकाे काम उत्पीडितलाई मुल प्रवाहमा ल्याउनू रहेकाेमा जाेड दिइन । संविधानमा लेखिएका माैलिक हकलाई अभियानात्मक रुपमा जिम्मेवार रुपमा मिडियाले भुमिका खेल्न सक्ने विश्वास व्यक्त गरिन ।
अभिव्यक्ति स्वतन्त्रता र  राजनीतिक स्वतन्त्रताकाे लागि सरकार प्रतिबद्ध रहेकाे समेत उनको भनाई छ । अहिले  राजनीतिक स्थायित्व भए पनि  राजनीतिक अभिभारा पूरा गर्न बाँकी रहेकाे बताइन्।  नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताकाे रक्षाका लागि राज्य पक्ष जहिले पनि जिम्मेवार हुनुपर्नेमा जाेड दिइएको छ । दुई दिन सम्म चल्ने मिडिया महाेत्सवमा विविध विषयमा छलफल गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु

३ बैशाख २०८१, सोमबार १५:३६
गुल्मी : गुल्मीमा आगो निभाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।   जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–१ तल्लो पौदी स्थित सर्बोदय माविको जग्गाको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले […]