कोहलपुरमा भारतीय पेन्सनरका लागि स्वास्थ्य शिविर तथा पेन्सन वितरण

४ चैत्र २०७४, आईतवार १७:१७
 

सदरलाइन / रबिन्द्र सिंह ठकुरी


४ चैत, कोहलपुर (बाँके) : भारतीय पेन्सनरका लागि बाँकेको कोहलपुरमा पेन्सन वितरण तथा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपाल भुतपूर्व सैनिक विकास समितिले आयोजना गरेको सो कार्यक्रममा  भुतपूर्व सैनिकका परिवारहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बाँके र सुर्खेतमा मात्र भारतीय पेन्सनरहरुको संख्या झण्डै ३ हजारको हाराहारीमा रहको हुँदा बार्षिक दुई अरब बराबरको रकम पेन्सनको रुपमा पेन्सनरहरुले भित्र्याउने गरेको बताए । नेपालमा पौने दुई लाख बराबरमा भारतीय पेन्सनहरु रहेको उनले उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल एसबिआई बैँकका सिईओ शुभकान्त कानङ्गोले अब अउने वर्षदेखि सबै भुपु सैनिकहरुको पेन्सन बैकको खातामा राख्ने योजना रहेको बताए ।
सो अवसरमा भुतपूर्व सैनिकका परिवारलाई पाउदै गरेको पेन्सन पनि बितरण गरिएको कार्यक्रममा भारतीय पेन्सनरका परिबारहरुलाई स्वास्थोपचारका साथ बिभिन्न औषधीहरुले बितरण गरिएको थियो ।
कार्यक्रममा बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङ्ग, नेपाल भुपु सैनिक विकास समितिका अध्यक्ष भिम राना र भुतपूर्व सैनिकका परिवार लगाएतको उपस्थिती रहेको थियो ।

SONY DSC

SONY DSC 

Next Post

गुण्डागर्दी र चोरी डकैती नियन्त्रण गर्न वडाको सर्बदलिय माग

४ चैत्र २०७४, आईतवार १७:१७
सदरलाइनडटकम  ४ चैत, नेपालगन्ज : गुण्डागर्दी र चोरी डकैतीलाई प्रसय नदिन र समाजमा शन्ति सुरक्षाको अवस्था कायम राख्न नेपालगन्ज–१२ का नागरिक अगुवाले सामुहिक आग्रह गरेका छन् । गत शुक्रबार साँझ नेपालगन्ज–१२ का डिलाराम पौडेलको घर फोडेर चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका सोही ठाँउका २५ वर्षिय दिपेन्द्र अधिकारी र २१ […]