सिकलसेल र थाल्सेमियाका विरामीलाई निशुल्क उपचार गर्दै कान्ति आरोग्य अस्पताल ( भिडियो रिर्पोटसहित )

सदरलाइन संवाददाता २४ पुष २०७७, शुक्रबार १८:०६
 

नेपालगञ्ज : पश्चिम तराईका विभिन्न जिल्लाका बालबालिकाहरुमा सिकलसेल तथा थालसेमिया जस्ता बंशाणुगत रोगको उपचार नीजि क्षेत्रबाट सञ्चालनमा रहेको अस्पतालले निशुल्क रुपमा गर्दै आएको छ ।

बाँकेकोे राप्तीसोनारी गाउपालिका वडानं.६ डाडाटेपरीका शान्तिशम्शेर थारुले ९ वर्षको छोरा र १४ वर्षकी छोरीलाई २०७२ सालमा थाल्सेमिया पुष्टि भएपछि धेरैठाँउमा भौतारिदा भौतारिदै कान्ती आरोग्य अस्पताल नेपालगन्ज आई पुगेको बताए ।

अस्पतालको बेडमा छोराछोरीको उपचारको लागि भर्ना गरेको अस्थामा भेटिएका उनले अस्पतालले छोराछोरीको उपचारमा बेड र डाक्टरको फिस मिनाह गर्नुको साथै कुरुवाको लागि पनि निशुलक बस्न व्यवस्था गरेको बताए ।

अस्पतालका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रोमा बोराले छोराछोरी दुबैमा थाल्सेमियाको समस्या भएको बताए पछि उनकै निगरानीमा उपचार गराउदै आएको थारु बताउछन् ।

यसैगरी बर्दिया राजापुरका महेश थारु बच्चालाई सिकलसेल देखापरेपछि उपचारको लागि नियमित रुपमा कान्ति आरोग्य अस्पताल आउने गरेको बताए । शरिर दुख्ने हातखुट्टा लुलो हुने जस्तो समस्या भएपछि उपचारको लागि नेपालगन्जमा आउदा सिकलसेल पुष्टि भएपछि निरन्तर डा. बोराको निगरानीमा उपचार गराउदै आएको महेश बताउछन । उनले डा. बोराको अस्पतालमा आउदा पनि सबै निशुल्क हुने गरेकोले बच्चालाई समस्या हुने वित्तिकै कान्ती आरोग्यमा आउने गरेको बताए ।

सिकलसेल र थाल्सेमिया एक प्रकारको रक्तअल्पता हो । जसका कारण पीडितको शरिरमा बिस्तारै रगतको मात्रा कम बनाई गम्भीर हुने रोग हो । नेपालगन्जमा यस्ता विरामीको उपचारमा संलग्न नवजात शिशु तथा बालरोग विशेषज्ञ डा रोमा बोराले पछिल्लो समय बालबालिकामा रगतको कमी हुने सिकलसेल तथा थाल्सेमिया जस्तो रक्त अल्पताको समस्या लिएर उपचारको लागि महिनामा १० जनाको हाराहारीमा आफुकहाँ आउने गरेको जानकारी दिईन ।

 


उनले भनिन–‘ सिकलसेल र थाल्सेमियाबाट ग्रशित बालबालिका उपचारको लागि आउने गरेका छन् ।’ डा. बोरा उहाँले नीजी स्तरबाट सञ्चालनमा रहेको नेपालगन्ज सुर्खेतरोडको धम्वोजी नजिकै रहेको कान्ती आरोग्य अस्पतालमा बाँके बर्दिया दाङ्ग, कैलालीलगायतका जिल्लाबाट आफ्ना बालबालिकामा सिकलसेल तथा थाल्सेमिया जस्ता बंशाणुगत रोगको समस्या लिएर आउने गरेको जानकारी दिईन ।

उनले भनिन–‘ सिकलसेलबाट ग्रशित विरामीको लागि सरकारले अवस्था हेरेर उपचारको लागि १ लाखसम्म उपलब्ध गराएपनि थाल्सेमियाबाट ग्रशितको लागि कुनै सहुलियत नहुने हुँदा कान्ति आरोग्य अस्पतालले उनीहरुलाई औषधि बाहेक सम्पूर्ण उपचार निशुल्क गर्दै आएको छ ।’
उनले खासगरी थाल्सेमिया भएका विरामीका लागि हरेक महिनैपिच्छे रगत चढाउनु पर्ने हुँदा अत्यन्त न्यून आयस्रोत भएका अभिभावक आफ्ना सानासाना बालबालिका बोकेर उपचारको लागि आउने गरेको उनीहरुको अवस्था हेरेर अस्पतालले बेड चार्ज तथा आफ्नो जाँच फिस निशुल्क गर्नुको साथै अन्य शुल्कमा पनि सहुलियत दिने गरेको बताईन ।

‘सिकलसेल खासगरी थारु समुदायका बालबालिकामा र थाल्सेमिया अन्य समुदायका बालबालिकमा देखा परेको र रोग पुष्टि भएका बालबालिकाको कान्ति आरोग्य अस्पतालले निशुल्क तथा सहुलियत दरमा बिभिन्न उपचार सेवा दिदै आएको छ’– डा. बोराले भनिन ।

अस्पतालले सिकलसेल र थाल्सेमियाका विरामीका लागि बेड र जाँच फिस अस्पतालले निशुल्क गरेको छ । अस्पतालमा उपचारको लागि भर्ना भएका विरामीका कुरुवाले आफै खाना पकाएर खानका लागि किचेनको व्यवस्था समेत अस्पतालले गरिदिएको छ ।

हाल १५ वेड क्षमताको यो अस्पतालले बालरोग बिशेषज्ञ सेवा, स्त्री र फिजिसियन सेवा दिइ रहेको छ । एनआईसीयू, पीआईसीयूदेखि यो अस्पतालसँग अक्सिजन र भेन्टिलेटर जडित अत्याधुनिक सुविधा भएको एम्वुलेन्स पनि सञ्चालनमा ल्याएको छ । उपकरण र गुणस्तरीय ल्यावसुबिधा सहितको अस्पताल पनि यही छन् ।

 

 

Next Post