जाडोले कठ्याङ्गिएको तराईलाई वाईसिएलले ताताउने

२८ पुष २०७४, शुक्रबार १५:५३
 

सदरलाइनडटकम 
२८ पुस, काठमाडौं : जाडोले कठ्याङिग्रएको तराईलाई वाईसियलले तताउने भएको छ । हाल तराईमा जाडोले कठ्याङिग्रएर दर्जनौंको ज्यान गइरहेको र कयौं मानिसहरु शितलहरका कारणले बिरामी भइरहेको अवस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले (वाइसिएल)ले तराईका जिल्लाहरुमा ‘न्यानो’ राहत वितरण गर्ने भएको छ ।
वाईसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा न्यानो लिएर जान लागेको बताएको छ । ‘तपाइँ कम्बल दिएर सहयोग गर्नुस् हामी न्यानो लिएर जाँदैछौ भन्ने मूल नाराका साथ राहत वितरण गर्न लागेको वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले भने–‘हामी संगठन बनाएर मात्र बस्दैनौं’ संगठनबाट सामाजिक काम पनि गर्छौ ।’
राहत संकलनका लागि वाइसिएलले विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई आब्हान गरेको छ । राहत संकलनका लागि माघ ३ गतेसम्मको समयसिमा वाइसिएलले तोकेको छ । यो अवधिभित्र सबैले राहत सामाग्री दिएर सहयोग गर्न वाइसिएलले आग्रह गरेको छ । यसअघि वाइसिएलले तराईका बाढी पीडितहरुलाई राहत वितरण समेत गरेको थियो ।

Next Post

सल्यानका तीन बालकले बनाएको हेलिकोप्टर मोटर बिग्रदा उडान भर्न सकेन

२८ पुष २०७४, शुक्रबार १५:५३
सदरलाइनडटकम २८ पुस, सल्यान : सल्यान सिद्धकुमाख गाँउपालिकाको निराजन मावि ढोरचौरमा अध्यनरत बालकहरुको टोलीले सानो हेलिकोप्टर निर्माण गरेका छन् । सिद्धकुमाख गाँउपालिका–५ का १५ वर्षिय दिपक रानाले घर नजिकैका कक्षा ७ मा अध्यनरत साथी १३ वर्षिय बसन्त बुढाथोकी र कक्षा ५ मा पढ्ने १२ वर्षिय निरज रोकासंग मिलेर हेलिकप्टर निर्माण […]