शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनामा जोड

१४ पुष २०७४, शुक्रबार १९:०९
 

सदरलाइनडटकम
१४ पुस नेपालगन्ज : अव्यवस्थित शहरीकरणका कारण शहरी क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् ।
स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा, नेपालगन्ज उप–महानगरपालिका, घोराही र तुल्सीपुर उप–महानगरपलिकाद्वारा शुक्रबार नेपालगन्जमा आयोजित शहरी स्वास्थय प्रवर्धन केन्द्र स्थापना तथा सञ्चालन सम्वन्धी छलफल तथा अन्तरक्रियामा शहरी क्षेत्रमा पनि स्वास्थ्य सेवा प्रभावकारी नभएको ठहर गरिएको हो ।
उनीहरुले शहरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गर्दै सञ्चालनमा जोडसमेत दिएका छन् । महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले अव्यवस्थित शहरीकरणले स्वास्थ्य सेवा प्रवाहलाई ठाडो चुनौती दिएको उल्लेख गर्दै सो अनरुपका संरचना, सेवा प्रवाहको आवश्यक्तामा जोड दिए ।
उनले प्रत्येक वडास्तरमा स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनालाई सरकारले लक्ष्यसहितको प्राथमिकतामा राखेपनि तत्कालका लागि केही वडामा नमूना भवन निर्माणसहितको सेवा सञ्चालन गर्न आग्रह गरे ।
महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले स्वास्थ्य सेवाका प्रकार, प्रवाह प्रक्रिया बारे प्रष्टयाउँदै विशेषज्ञ अष्पताल र केन्द्रको सेवा प्रवाहको भिन्नता र यसको उपादयेता बारे जानकारी दिए । केन्द्रमार्फत विशेषत : नसर्ने रोग र स्वस्थ जीवनशैली बारे सेचतना र सेवा उपलव्ध गराइने उनको भनाई थियो ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले उप–महानगरपालिकासँग स्वास्थ्य सेवाको अनुभव र दक्ष जनशक्ति नभएपनि स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर समन्वयका साथ कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख खीमबहादुर खडकाद्धारा स्वागत गरिएको कार्यक्रममा घोराही उप–महानगरपालिका प्रमुख नरुलाल चौधरी, तुल्सीपुर उप–महानगरपालिकाका प्रमुख घनश्यम पाण्डे, घोराही उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी लगायतले सेवा प्रवाहको जिम्मेवारीसँगै समुचित वजेट व्यवस्थाको समेत माग गरेका छन् । नेपालगन्जको वडा न ४ मा केन्द्र स्थापनाका लागि सरकारले ९८ लाखको वजेट समेत विनियोजन समेत गरिसकेको छ । वर्षेनी वडा र वजेट थप गर्दै लैजाने सरकारको तयारी रहेको छ । नेपालगन्जका २३ वडा मध्ये ३ वटा वडामा अझै स्वाथ्य क्लीनीक समेत सञ्चालनमा छैनन् ।


Next Post

ज्याला र सम्मान गाउँमै पाएपछि दंग

१४ पुष २०७४, शुक्रबार १९:०९
सदरलाइन / रुद्र सुवेदी  १५ पुस, नेपालगन्ज : बाँके बैजनाथ गाउपालिका–८ हसनापुरका ७१ वर्षिय परे विक र उनका छोरा टेकबहादुर विकको दैनिकी घर अगाडिको आगनमा रहेको आरनमा बित्ने गरेको छ । दुई बाबुछोरालाई आरनमा दिनहुँ आउने काम सक्काएर दिन भ्याई नभ्याई हुने गरेको छ तर, उनीहरु हाँसीखुसी सेवा दिन तत्पर […]