संघिय समाजबादी फोरमका उम्मेदवार राई गाउ शहर गर्दै मतदाता रिझाउदै

१२ मंसिर २०७४, मंगलवार १९:५६
 

सदरलाइनडटकम
१२ मंसिर, नेपालगन्ज : निर्बाचनको मिति नजिकिदै गर्दा संघिय समाजवादी फोरम नेपालले प्रचार अभियानलाई गाउ र नगरमा साथ साथै सञ्चालन गरेको जनाएको छ । प्रतिनिधी सभा उम्मेदवार मोहम्मद ईस्तयाक राईले नगर र गाउँमा एकैसाथ मतदाता भेटघाटलाई तिब्र पारेको बताए ।
उनले मतदाताको घरदैलोमा पुग्दा आफुले निकै माया र स्नेह पाएको बताउदै भने, ‘मतदाताबाट गाउ र नगर जाँहा गए पनि एकदमै राम्रो रेसपोन्स गर्दै तपाई एक मात्र स्थिर र सक्षम उम्मेदवार हुनुहुन्छ, हामी तपाईको साथमा छौं भनेर मतदाताले भन्दा मलाई उर्जा मिलेको छ ।’
उनले आफु निर्वाचित भएपछि पहाडी, मधेसी, मुस्लिम, दलित सबै समुदाय र वर्गको उत्थानका लागि ठोस पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।      चुनावी अभियानका क्रममा मंगलबार पुर्वमन्त्री राईसहित प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार दुर्गेश गुप्ता लगायतले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ को बाँकेगाउँ क्षेत्र तथा बुलबुलिया, रामबाग लगायत क्षेत्रमा घरदैलो गरेको उनको प्रचार सचिवालयले जनाएको छ ।


 

Next Post

बाँके नरैनापुरका मतदातालाई बामगठबन्धन कै भर

१२ मंसिर २०७४, मंगलवार १९:५६
सदरलाइन / सरला सुवेदी १२ मंसिर, कोहलपुर : बाँकेको कर्णाली उपनामले परिचित बघौडा क्षेत्रका बासिन्दाहरुलाई बाम गठबन्धनकै भर भएको बताएका छन् । मङलबार नरैनापुरको प्रत्येक वडामा घरदैलो गर्दै पुगेका बामगठबन्धनका नेता कार्यकर्तासंग बघौडाबासी जनताले ठूलो आश गरेको बताएका हुन । बामगठबन्धनका उम्मेदवार घरदैलोमा पुग्दा उनीहरुको एउटै आवाज थियो अब जे […]