बैतडीमा कुपोषित बालबालिकाको संख्या बर्षेनि बढ्दै

सदरलाइन संवाददाता ४ जेष्ठ २०८०, बिहीबार १३:०३
 

बैतडी : बैतडीमा कुपोषित बालबालिकाको संख्या बर्षेनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका हुन् । बैतडीमा कुपोषित बालबालिकाको सङ्ख्या बर्षेनि बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

एक हजार ९३४ मध्ये ३१२ जना कडा कुपोषणले ग्रसित छन् । उमेर र उचाइ अनुसार बालबालिकामा निकै कम तौल र ख्याउटे अनुहार भएको पाइएको छ । कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा ४२ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र खोलेर पोषिलो खाना कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य प्रमुख भट्टले बताए । गत वर्षको तुलनामा यस वर्ष कुपोषित बालबालिका बढी फेला परका बताइएको छ ।


स्वास्थ्य कार्यालय बैतडीका अनुसार गत वर्ष एक हजार २९९ कुपोषित बालबालिका रहेकोमा यस वर्ष एक हजार ९३४ जना कुपोषित बालबालिका पाइए हुन् । पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

६ वर्ष बित्दा समेत बनेन हापुरखोला पुल

४ जेष्ठ २०८०, बिहीबार १३:०३
दाङ : निर्माण व्यवसायीको लापरबाहीका कारण दाङमा २६ महिनामा बन्नुपर्ने पुल छ वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन । ग्रामीण सडक अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१५ को कोठरी–डुरुवा जोड्ने हापुरखोला पुल २०७५ साल वैशाख १८ गते सक्ने गरी २०७३ पुस १९ गते सूर्य कन्स्ट्रक्सन प्रालि, सुर्खेतसँग करिब १३ करोड रुपियाँमा सम्झौता भएको […]

सम्बन्धित