बाँकको कोहलपुरमा चारतारे मापदण्डको होटल सेन्ट्रल प्लाजा आजबाट सञ्चालनमा

४ मंसिर २०७४, सोमबार १५:०८
 

सदरलाइनडटकम  
४ मंसिर, नेपालगन्ज : पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गइरहेको बाँकेको कोहलपुरमा सोमवार (आज) बाट चारतारे मापदण्डको होटल सञ्चालनमा आएको छ ।  कोहलपुर नगरपालिका–४ मदनचोकमा ५० करोड लगानीमा अत्याधुनिक होटल सेन्ट्रल प्लाजा सञ्चालनमा ल्याईंएको हो । होटल सेन्ट्रल प्लाजाका सञ्चालक तथा प्रबन्ध निर्देशक देवानन्न अर्यालले होटल सफ्ट ओपनिङ गर्न लागिएको जानकारी दिए ।
उनले होटल निर्माणको पक्ष बारे बोल्दै भने–‘ हामीले यहाँ ११ तले भवन बनाउने भनेर डिजाईन गरेका थियौ तर, त्यति नै बेला भुकम्पले गर्दा हाम्रो डिजाईन नै बदल्ने परिीसथतिमा पुग्यौ र अहिलेको मोडेलको होटल तयार भयो ।’ उनले भुकम्प र नाकाबन्दीको कारण आफ्नो लागत समे करिव १५ करोडले बृद्धि भएको बताए ।
होटल सेन्टर प्लाजाका प्रबन्ध निर्देशक अर्यालले सफ्ट ओपनिङको महिना दिनभित्रै सम्पूर्ण क्षमतासहितको सेवा विस्तार गर्ने तयारी भईरहेको बताए । उनले सोमबारबाट २६ वटा कोठा सहित सेवा सुरु गर्ने र केही दिन भित्रै ४९ कोठा सञ्चालनमा ल्याउने र आउने नयाँ वर्षमा पुरै कोठा सञ्चालनमा ल्याउने गरी तयारीमा रहेको जानकारी दिए ।
आठ हजार ५ सय बर्गमिटर क्षेत्रफलमा निर्माण भएको सो होटल अपाङ्गमैत्री, बातबरण मैत्री, सेन्ट्रल एसी, ७ सय ५० जना क्षमताको बेनक्वीट हल, प्रेसेडेन्सीयल स्वीफ्ट, एक्जुकेटीभ स्वीफ्ट र जनरल स्वीफ्ट, १९ वटा सुपर डिलक्स, ५० वटा डिलक्स रुम, ३२ स्क्वयार फिटको स्विमिङ पुल, दुईवटा बार, तीन वटा सेमिनार हल छ ।


प्रबन्ध निर्देशक अर्यालले यो होटलले स्थल तथा हवाई मार्ग हुँदै मध्य तथा सुदूरपश्चिमका विभिन्न ठाउँहरुमा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा–सुविधा दिने साथै पर्यटन व्यावसायलाई विस्तार गर्नको लागि आफुहरुको पहल हुने बताए ।
उनले भने–‘ होटललाई चार तारेको लागि आवश्यक पर्ने सबै पूर्वाधारलाई पुरा गर्ने लक्ष अनुसार निर्माण गरिएको छ । निर्माण सुरु गरेको २६ महिनामा पुरा भएको छ ।’ उनले सञ्चालनको केही समयपछि मात्र चार तारेको लागि बर्गिकरण हुने भएकोले अहिले चारतारे स्ट्याण्डर्डको मात्र भन्न मिल्ने बताए ।

Next Post

बाँकेमा ठूलाभन्दा साना दलबाट धेरै बन्दसूचीका उम्मेदवार

४ मंसिर २०७४, सोमबार १५:०८
सदरलाइनडटकम   ४ मंसिर, नेपालगन्ज : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ बाँकेबाट १ सय ११ जना उम्मेदवार बन्दसूचीमा परेका छन् । निर्वाचन आयोगले जारी गरेको नामावलीको अन्तिम सूचीमा बाँकेबाट सबै दलका गरि १ सय ११ जनाको नामावली रहेको छ । त्यसमध्ये प्रतिनिधी सभा सदस्यमा ३१ जना र प्रदेश सभा सदस्यमा ८० […]