नेपालगञ्जमा छाडा पशुचौपाया ब्यवस्थापनको प्रयास

सदरलाइन संवाददाता ११ पुष २०७९, सोमबार १३:२१
 

नेपालगञ्ज : छाडा पशुचौपाया ब्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका र राप्तीसोनारी गाउँपालिका समन्वय र सहकार्य गरेर अगाडि बढ्ने भएका छन् ।

अव्यवस्थित छाडा पशुचौपायालाई कसरी ब्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा दुई पालिकाबीच समन्वय र सहकार्य गरेर अगाडि बढ्ने विषयमा छ्लफल सुरु भएको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले बताए ।

“नेपालगञ्ज क्षेत्रका छाडा पशुचौपायाको दीर्घकालीन ब्यवस्थापन र संरक्षणका लागि राप्तीसोनारी गाउँपालिकासँग सहकार्य गर्न आवश्यक ठानेका छौं, सोही अनुरुप सहकार्यको मोडेलमा अघि बढ्ने गरी हामीले छलफल थालेका छौं,“ बिष्टले भने–“यहाँ (राप्तीसोनारी) जंगल पनि प्रशस्त भएकाले आहारको समस्या पनि कम होला, संरक्षणमा पनि सहज हुन्छ भन्ने हाम्रो विश्वास हो ।“


छाडा पशुचौपायाका कारण नेपालगञ्ज नगरमा सवारी दुर्घटना तथा ग्रामीण क्षेत्रमा किसानको बालीनालीमा नोक्सानी पुग्दै आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले काञ्जीहाउस पनि सञ्चालन गरेको छ । तर, काञ्जीहाउसमा राखिएका छाडा पशुचौपायालाई खुवाउने आहाराको भने बेलाबेलामा अभाव हुने गरेको छ ।

राप्तीसोनारी गाउँपालिकाले पनि छाडा पशुचौपाया समस्याको रुपमा रहेको बताएको छ । गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले नेपालगञ्ज जस्तै राप्तीसोनारीमा पनि छाडा पशुचौपायाको समस्या रहेकाले यो समस्याको हल दुबै पालिका मिलेर गर्नुपर्ने बताए । उनले राप्तीसोनारीमा ५ वटा काञ्जीहाउस संचालनमा रहेको पनि जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख बिष्टको नेतृत्वमा वडा अध्यक्षहरु गोपाल पुन, गोबिन्द रेग्मी, तरुण बज्राचार्य, कार्यपालिका सदस्य बसन्त कनौजिया, नगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी, कर्मचारी लगायतको टोली राप्तीसोनारी पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३५ तोला सुन र २५ लाखसहित बुटवलका डीएसपी केसी प्रहरीको नियन्त्रणमा

११ पुष २०७९, सोमबार १३:२१
नेपालगञ्ज : नेपाल प्रहरीका एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को निवासबाट ३५ तोला सुनसहित २५ लाख रुपैयाँ भेटिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डीएसपी ठगबहादुर केसीको निवासबाटै उक्त सुन सहितको नगद रकम प्रहरी प्रधान कार्यालयकै अनुसन्धान टोलीले बरामद गरेको हो । प्रहरी प्रधान कार्यालय काठमाडौंबाट आएको अनुसन्धान […]