कालानिमक धानको संरक्षणमा जुटे लुम्बिनीका किसान

सदरलाइन संवाददाता २९ असार २०७९, बुधबार १५:३५
 

नेपालगञ्ज : तराईका जिल्लामा रोपाइँ हुने गरेको कालानिमक धानको संरक्षणमा लुम्बिनीका किसान जुटेका छन् । मीठो बास्ना र स्वादिलो चामलको रुपमा रहेको अन्य चामलको भन्दा तेब्बर मूल्य पर्ने यो धानको उत्पादनमा बढी ध्यान दिनुपर्छ ।

पछिल्लो समय स्थानीय किसान उक्त धान रोपाइँमा लालयित देखिन थालेका छन् । बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक साइनो जोडिएको उक्त धानको प्रचारप्रसारमा स्थानीय युवा अग्रसर भएका छन् ।


स्थानीय जातको यो धानलाई परम्परागत रूपमा नै किसानले लगाउँदै आएको र यसको वैज्ञानिक परीक्षणसमेत नगरिँदा कालानिमक धान लोप हुने अवस्थामा पुगेको थियो ।

कम खर्चमा बढी उत्पादन हुने हाइब्रिड धानखेतीप्रति किसानको बढ्दो आकर्षणका कारणसमेत कालानिमक धान विस्थापित हँुदै गएको किसानहरु बताउँछन् । लुम्बिनीमा लगाइएको यो धानले सारस संरक्षणमा पनि योगदान दिएको छ । एक अध्ययनले यसको चामलमा पर्याप्त मात्रामा भिटामिन पाइने देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्याब्सन बाँकेले बनायो आफ्नै भवन

२९ असार २०७९, बुधबार १५:३५
नेपालगञ्ज : निजी विद्यालयको छाता संगठन प्याब्सन बाँकेले आफ्नै भवन अर्थात शिक्षा मन्दिर बनाएको छ । शिक्षा मन्दिरको बुधवार प्याब्सनका राष्ट्रिय अध्यक्ष डीके ढुंगानाले एक समारोहकाबीच उद्घाटन गरे । अध्यक्ष ढुंगानाले अव निजी विद्यालयहरुले रोजगार र सीपमूलक शिक्षामा जोड दिनु पर्ने बताउनुभयो । प्याब्सन बाँकेका अध्यक्ष यमबहादुर रावतले गुणस्तरीय शिक्षामा […]

सम्बन्धित