बाँकेका दुई स्वास्थ्य चौकीलाई सोलार बत्ती प्रदान

२६ श्रावण २०७४, बिहीबार १८:३५
 

सदरलाइनडटकम
२६ साउन, नेपालगन्ज : बाँके युनेस्कोद्धारा संचालित मातृ शिशु, नवजात शिशु र बालस्वास्थ्य परियोजना अन्तर्गत बिहीबार बाँकेका दुई स्वास्थ्य चौकीलाई सोलार बत्ती उपकरण उपलव्ध गराएको छ । क्लबले डुडुवा गाँउपालिकाको हिरिमिनिया स्वास्थ्य चौकी र नेपालगन्ज उपमहानगरपालिका—१३ स्थित उदयपुर स्वास्थ्य चौकीलाई करिब रु तीन लाख मूल्य बराबरको सो सोलार बत्ती उपकरण उपलव्ध गराएको हो ।
दुवै स्वास्थ्य चौकीमा छुट्टाछुट्टै आयोजित समारोहमा स्वास्थ्य चौकीका प्रमुखहरुलाई सम्बद्ध वडा समितिका अध्यक्षले सो सामग्री हस्तान्तरण गरेका थिए ।
उदयपुर स्वास्थ्य चौकीमा आयोजित समारोहमा नेपालगन्ज उपमहानगरपालिका—१३ का वडा अध्यक्ष बीरेन्द्रबहादुर शाहले सो स्वास्थ्य चौकीका प्रमुख टेकबहादुर केसीलाई र डुडुवा गाँउपालिका वडा अध्यक्ष मोहन मिश्रले हिरमिनिया स्वास्थ्य चौकीका निमित्त प्रमुख भिम विकलाई सोलार सामग्री उपलव्ध गराएका थिए ।
त्यस अवसरमा आयोजित समारोहमा क्लबका अध्यक्ष परवेजअलि सिद्धिकी, बरिष्ठ सल्लाहकार नीरज गौतम, बरिष्ठ कार्यक्रम संयोजक रबि तुलाधर र कार्यक्रम संयोजक सुदिप नेपालले स्थानीय निकायसंग हातेमालो गर्दै क्लबले सामाजिक कामलाई अघि बढाउदै जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थारु पत्रकार संघको दरखाने कार्यक्रम सम्पन्न

२६ श्रावण २०७४, बिहीबार १८:३५
सदरलाइनडटकम २७ साउन, नेपालगन्ज : थारु पत्रकार संघ नेपाल बाँके शाखाले शुक्रबार दर खाने कार्यक्रम गरेको छ । श्रीकृष्ण जन्मअष्टमी तथा थारु समुदायको महान पर्व अटवारी पर्वको पावन अवसरमा संघले भिन्सरिया तथा अटवारी पर्वको दर खाने कार्यक्रम गरेको हो । नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यालयमा दिउँसो कार्यक्रमको आयोजना गरिएको […]