स्मृती देवकोटा / सदरलाइन
१७ असार, नेपालगन्ज : बाँकेको वैजनाथ गाउँपालिकामा असार १४ गते भएको स्थानीय तहको निर्वाचनको मत परिणम आउने क्रम जारी छ ।
निर्वाचन अधिकृत सुशील देवकोटाले दिएको जानकारी अनुसार गाउपालिका प्रमुखमा एमालेका मानबहादुर रुचालले सुरुदेखिनै अग्रता कायम गरेका छन । खसेको मत २५२४६ मध्ये ८०४० गनिसक्दा उनले ३६५८ मतले अग्रता कायम गरेका हुन ।
उनलाई नेपाली काँग्रेसका देबबहादुर विसीले २२६० मतले पछाउदै आएका छन् भने माओवादी केन्द्रका राजमोहन थारु निक्कले ११५९ मत पाएका छन् ।
उपप्रमुखमा एमालेका सरला रेग्मी विकले ३६२१ मतले अग्रता कायम गरेकी छन् उनलाई नेपाली काग्रेसकी उम्मेदवारले २५९९ मतले निरन्तर पछाउदै आएकी छन् । माओवादी केन्द्रका उम्मेदवारले ७५९ मतमात्र प्राप्त गरेकी छन् ।
