‘सम्झनामा डा. अरुण कोईराला’ फोटो प्रदर्शनी सुरु

११ बैशाख २०७४, सोमबार २०:३३
 

सदरलाइनडटकम
११ बैशाख, नेपालगन्ज :
राजनीतिज्ञ तथा चिकित्सक डा. स्व. अरुण कोईरालाका तस्वीरहरु ‘ सम्झनामा डा. अरुण कोईराला’ प्रदर्शनीमा राखिएको छ । नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा आयोजना गरिएको फोटो प्रदर्शनीको सोमबार सिचाई मन्त्री दीपक गिरीले फोटो खिचेर उद्दघाटन गरेका थिए ।
उनले फोटो प्रदर्शनीले डा. कोईरालाको योगदानको बारेमा सम्झना ताजा बनाएको बताए । डा. कोईराला चिकित्सा क्षेत्र संगै राजनीतिक क्षेत्रमा पनि उत्तिकै छबि बनाउन सफल नेताको रुपमा पनि देशले चिनेको दाबी गरे ।
‘सम्झनामा डा. अरुण कोइराला’ नाम दिईएको सो फोटो प्रदर्शनीमा उनका करिव २ सय तस्वीर राखिएको छ । सवै तस्वीरहरुको संकलन अन्तराल फोटो बैंकले गरेको हो । बैंक अन्तरालको भगिनी सस्था हो ।
‘डा. अरुणको जीवनका विविध आयाम झल्किने तस्वीरहरु प्रदर्शनीमा राखिएको छ’ अन्तराल फोटो बैंकका परिकल्पनाकार जयनारायण शाहले भने, ‘यो उहाँको योगदान जीवन्त राख्ने एउटा प्रयास हो ।’ सो अवसरमा साहित्यकार तथा नेपाली काँग्रेस बाँकेका पूर्व सभापति सनत रेग्मीले राजनीतिमा डा. कोईरालाको योगदानको बारेमा चर्चा गरेका थिए ।
सो अवसरमा डा. कोईरालाकी धर्मपत्नी तथा नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोईरालाले फोटो प्रदर्शनीलेको आयोजना गर्ने र सहयोग गर्ने सबैलाई परिवारको तर्फबाट धन्यबाद व्यक्त गरेकी थिईन ।
कार्यक्रममा संसद बादशाह कुर्मी, अब्दुल हमिद सिद्दिकी, सञ्जय गौतम, बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ, चिकित्सा क्षेत्रका विभिन्न व्यक्तित्वहरु जिल्लाका राजनीतिक दलका नेताहरु, परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।
दुईदिनसम्म चल्ने सो कार्यक्रममा पत्रकार निरज र्गौतम, शुक्रऋषि चौलागाई र रुद्र सुवेदीले परिवारजन, पार्टी कार्यकर्तालगायतबाट प्राप्त गरेको करिव ५सय बढी फोटोबाट छनौट गरी प्रदर्शनीमा राखिएको हो ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको राप्तीपारी होलिया चौफेरीमा भिषण आगलागी

११ बैशाख २०७४, सोमबार २०:३३
सदरलाइनडटकम     १५, बैशाख नेपालगन्ज :  बाँकेको होलिया चौफेरीमा शुक्रबार दिउसो भिषण आगलागि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार शुक्रबार दिउसो ३ः ३० बजे डुडुवा गाउपालिका–१ मा लागेको आगो समाचार तयार पार्दसम्म नियन्त्रणमा आउन सकेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र […]