‘सम्झनामा डा. अरुण कोईराला’ फोटो प्रदर्शनी हुँदै

५ बैशाख २०७४, मंगलवार २०:१४
 

सदरलाइनडटकम  
५ बैशाख, नेपालगन्ज : राजनीतिज्ञ तथा चिकित्सक डा.अरुण कोईरालाका तस्वीरहरु प्रदर्शनीमा राखिने भएको छ । भेरी प्राविधिक शिक्षालयमा आगामी वैशाख ११ र १२ गते गरिने सो फोटो प्रदर्शनीमा कोईरालाका विभिन्न क्षणका तस्वीरहरु राख्न लागिएको हो ।
‘सम्झनामा डा. अरुण कोइराला’ नाम दिईएको सो फोटो प्रदर्शनीमा उनका १ सय भन्दा वढी तस्वीर राखिने गरी तयारी अगाडि बढाईएको र तस्वीरहरुको संकलन अन्तराल फोटो बैंकले गरेको छ । बैंक अन्तरालको भगिनी सस्था हो ।
‘डा. अरुणको जीवनका विविध आयाम झल्किने तस्वीरहरु प्रदर्शनीमा राखिनेछ’ अन्तराल फोटो बैंकका परिकल्पनाकार जयनारायण शाहले भने ‘यो उहाँको योगदान जिवन्त राख्ने एउटा प्रयास हो । ’ समाजमा विशिष्ट योगदान पु¥याएका व्यतिmत्वहरुको फोटो प्रदर्शनीलाई निरन्तरता दिइने फोटो बैंकले जनाएको छ । प्रदर्शनीको व्यवस्थापन अन्तरालले गर्नेछ ।
फोटो छनौट समितिका संयोजक, वरिष्ठ पत्रकार निरज गौतमले हालसम्म ५ सय फोटो उपलव्ध भइसकेको र उहाँका विविध आयाम झल्कीने थप फोटो उपलव्ध गराइएमा प्रदशनीमा समावेश गर्न सकिने बताए ।
डा कोइरालाका पुत्र शुधांसु कोइरालाले सबै पेशा र क्षेत्रका व्यक्तिलाई प्रदर्शनी अवलोकन गरिदिन आग्रह गरे । फोटो छनौट समिति सदस्य, पत्रकार रुद्र सुवेदीले डा कोइरालाको बाल्यकालदेखिका विभिन्न गतिविधी झल्कीने तस्विर छानिएको बताए ।
दुई दिनसम्म चल्ने प्रदर्शनी सवैका लागि निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको कार्यक्रमका संयोजक पत्रकार शुक्रऋषि चौलागाईले वताए । डा. अरुण कोइराला लामो समय चिकित्सा सेवा र राजनीतिमा सक्रिय रहे ।
विद्यार्थी जीवनमा राजनीतिमा सक्रिय रहेका कोइराला पछि चिकित्सा सेवामा विभिन्न स्थानमा सेवा गरे भने भेरी अंचल अस्पतालको प्रमुखको रुपमा लामो समय काम गरे ।
जीवनको उत्तराद्धमा पूनः राजनीतिमा सक्रिय रहेका कोइरालाले अस्पतालको वेडवाट आफ्ना दाजु तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालालाई संविधान निर्माण वारे लेखेको पत्रले नेपाली राजनीतिमा एउटा तरंग दिएको थियो ।
नेपाली कांग्रेस बाँकेका तत्कालीन सभापति डा. अरुणको निमोनियाका कारण भारतको मेदान्त अस्पतालमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनमा केन्द्रित हुने प्रमूख पाँच दलको निर्णय

५ बैशाख २०७४, मंगलवार २०:१४
सदरलाइनडटकम   ६ बैशाख, काठमाडौं : प्रमूख पाँच राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का शीर्ष नेताहरुको बैठकले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकले निर्धारित मितिमै एकतावद्ध भएर स्थानीय तहको […]