पाकिस्तानले साढे तीनसय भारतीय कैदी रिहा गर्ने

२३ चैत्र २०७५, शनिबार १६:१२
 
India-Pakistan Handshake

सदरलाइनडटकम,
काठमाण्डौ : पाकिस्तानले भारतसँग सम्बन्ध सुधारका लागि पाकिस्तानी जेलमा रहेका ३ सय ६० भारतीय कैदीबन्दीलाई मुक्त गर्ने भएको छ । पाकिस्तानले मानवीयताका आधारमा यो फैसला लिएको जनाएको छ । गत फेब्रुअरी १४ मा भारत प्रशासित क्षेत्र कश्मीरमा आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ)लाई लक्षित गरेर आत्मघाती बम विस्फोट गराएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । सो विस्फोटमा ४० सुरक्षाकर्मी शहीद भएका थिए ।
भारतले पनि जवाफी कारबाहीस्वरुप १३ दिनपछि आतंकवादी संगठनको आधारमा हवाई आक्रमण गरेको बताएको थियो । त्यसको भोलीपल्ट पाकिस्तानले एक भारतीय लडाकू विमान खसालेको थियो र पाइलटलाई नियन्त्रणमा लिएको थियो । पछि उनलाई पाकिस्तानले रिहा गरेको थियो । पाकिस्तानले सजाय पूरा गरेका ३ सय ५५ माझी र ५ नागरिक गरी ३ सय ६० भारतीय कैदीबन्दीलाई रिहा गर्ने फैसला गरेको पाकिस्तान विदेश कार्यालयका प्रवक्ता मोहम्मद फैसलले बताए । उ
नले अप्रिल ८ बाट प्रक्रिया शुरु गरी कैदीबन्दीलाई चार समूहमा रिहा गर्ने जानकारी दिएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुई पक्षबीच खराब सम्बन्धका कारण सजाय पूरा गरेका धेरै कैदीबन्दी जेलमै रहेका छन् । जनवरीमा दुबै पक्षलाई दिएको सूचीअनुसार भारतीय जेलमा ३ सय ४७ पाकिस्तानी कैदी रहेका छन् । जसमध्ये २४९ साधारण नागरिक र ९८ माझी रहेको प्रवक्ताले उल्लेख गरेका छन् । पाकिस्तानी जेलमा ५ सय ३७ भारतीय कैदी रहेका छन् । जसमा ४ सय ८३ माझी रहेका छन् ।
(एजेन्सी)

Next Post

आजदेखि नवरात्र शुरू, बागेश्वरीमा भक्तजनको भीड

२३ चैत्र २०७५, शनिबार १६:१२
सदरलाइनडटकम, नेपालगञ्ज : चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ । चैते दशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैते दशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ । वैदिक सनातन […]

सम्बन्धित