पढाईदिने प्रलोभनमा काठमाण्डौ पु¥याई आफन्तबाटै सामुहिक बलात्कृत भएकी किशोरीको अवस्था नाजुुक

३ फाल्गुन २०७३, मंगलवार ०५:१४
 

रुद्र सुवेदी / सदरलाइन   
३ फागुन, नेपालगन्ज : राम्रो र सुखमय भविश्यको कल्पना गरेर आफन्त कै विश्वासमा काठमाण्डौ पुगेकी जुम्लाकी एक किशोरी आफन्तबाटै लुटिदै जीवन मरणको अवस्थामा पुगेकी छन् । उनको महिला तथा बालबालिका कार्यालय जुम्लाको सहयोगमा कठमाण्डौको शिक्षण अस्पतालमा उपचार भई रहेको छ ।
‘अति नै विपन्नतामा हुर्किएकी ती किशोरीलाई लेवल–२ पढाईदिने भन्दै छिमेकी आफन्तले जुम्लाबाट काठमाण्डौ पु¥याई कलंकीमा रहेको होटलमा बन्धक बनाउदै सामुहीक बलात्कार गरिएको छ । पीडितलाई काठमाण्डौ लैजाने ब्यक्ति फरार भएपछि अर्का आफन्तले अचेत अवस्थामा नै जुम्ला पु¥याएपछि हामीले उनको उद्दार गरी उपचारको लागि पहल गरेका हौ’–महिला विकास निरिक्षक बिन्दु कुँवरले भनिन ।
जुम्लाकी महिला विकास निरिक्षक कुँवरले गत मंसिर २८ गते गाउकै छिमेकी आफन्त नन्दप्रसाद धितालले ती किशोरीलाई सुर्खेतमा लेबल–२ पढाई दिनेभन्दै नेपालगन्ज पु¥याएको र तीनदिन कोहलपुर आफन्तको घरमा राखेर सुर्खेत र नेपालगन्जमा लेबल– २ पढाई नहुने भन्दै हिमरुद्र शर्माको साथमा कोहलपुरबाट काठमाण्डौ पठाएको पाईएको छ ।
उनले ती पीडित किशोरीलाई पुस ३ गते कलंकीमा रहेको होटल राजधानीको कोठा नं.१२३ मा पु¥याएको बताईन । कोहलपुरदेखि किशोरी लिएर गएका हिमरुद्रकी बुहारी यशोदा आचार्य र कालिका आचार्यले पीडितलाई टिउसन पढ्न जाने व्यवस्था मिलाएर पहिलो दिन पीडित पढ्न गएर फर्केपछि साँझमा हिमरुद्र, नन्दप्रसाद र गोविन्द उपाध्यायले कोठामा मदिरा सेवन गरी उनीमाथि बलात्कार गरेको जानकारीमा आएको बताईन ।
पहिलोदिन सामुहिक बलात्कार गर्ने तीनै जना पीडितका आफन्त पर्ने हुन । दोस्रोदिन विहान होटलमा अपरिचित व्यक्तिले पीडितलाई खाना खान दिएलगत्तै उनलाई पेटदुख्ने, झमझमाउने र विरामी जस्तो भएपछि पढ्न नगई दिनभरी कोठमा नै सुतेर बसेकी पुनः आफन्तसहित अन्य व्यक्तिहरुद्वारा साँझ सामुहिक बलात्कार गर्दै अश्लिल फिल्म बनाएको पीडितले बयानमा बताएको महिला तथा बालबालिका कार्यालय जुम्लाका सूचना अधिकारी समेत रहेकी कुँवरले बताईन ।
‘पुस ३ गते काठमाण्डौ पुगेदेखि ४, ५ र ६ गतेसम्म पटक–पटक सामुहिक बलात्कारको सिकार भएकी उनीलाई होटलकी साहुनी र केही अपरिचित व्यक्तिहरुले बलात्कार गर्दा बनाएको अश्लिल भिडियो देखाउदै तिमी त अव अमेरीका जाने यस्तो फिलिम खेल्ने र धेरै पैसा कमाउने भन्दै फकाउने दिनकै पानीमा कुनै औषधि राखेर खान दिदै अचेत बनाएर राख्ने गर्दै १४ पीडितको सानीआमाको छोराले उद्दार गरी नेपालगन्ज हुँदै जुम्ला पु¥याएको देखिन्छ’–उनले भनिन ।
घटनापछि पीडित किशोरीको मानसिक र शाररीक अवस्था अत्यन्तै नाजुक हुँदैगएपछि उनको उपचारको लागि पुनः काठमाण्डौ पठाईएको महिला तथा बालबालिका कार्यालय जुम्लाले जनाएको छ । उनलाई उपचाको लागि काठमाण्डौ पठाउनको लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेकप्रसाद राईले हवाई टिकटको व्यवस्था गरिदिएका थिए ।
‘घटनापछि पुरुष देख्नेबित्तिकै अत्तालिने, रुने कराउने र अति नै डिप्रशेनको शिकार बन्दै गएपछि शक्ति समुह काठमाण्डौसंगको समन्वयमा उनको उपचारको लागि पहल गरिएको हो’–महिला विकास निरिक्षक कुँवरले भनिन । पीडितको त्रिविवि शिक्षण अस्पताल महाराजगन्जको मानशिक विभागमा भर्नागरी उपचार सुरु गरिको छ ।
गत माघ ६ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा शरिर बन्धक तथा सामुहिक बलात्कारको मुद्दा दर्ता भई अनुसंधान सुरु भएको छ । प्रहरीले पीडितलाई काठमाण्डौ लैजाने नन्दप्रसाद र कालिका आचार्यलाई नियन्त्रणमा लिई अनुसंधान अघि बढाएको जनाएको छ । घटनास्थल काठमाण्डौ भएकोले मुद्दा समेत काठमाण्डौ नै पठाउने तयारी भएको बताईएको छ । फोटो स्रोत : गुगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार गौतम सम्मानित हुने

३ फाल्गुन २०७३, मंगलवार ०५:१४
सदरलाइनडटकम   ३ फागुन नेपालगन्ज : राष्ट्रिय समाचार समिति नेपालगन्जका क्षेत्रीय प्रमुख नीरज गौतम ‘पत्रकार बासु रिमाल यात्री पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुने भएका छन् । आउदो फागनु ७ गते काठमाण्डौमा हुने राष्ट्रिय समाचार समितिको वार्षिक उत्सवका अबसरमा उनलाई सो पुरस्कारले सम्मान गर्न लागिएको हो । वि स २०४२ सालदेखि […]