खुँडासहित नयाँ वर्ष मानउन निस्केका थापा प्रहरी नियन्त्रणमा

१७ पुष २०७३, आईतवार ०३:५०
 

सदरलाइनडटकम  
१७ पुस, नेपालगन्ज : ईस्वी संवतको नयाँ वर्ष मनाउन निस्केका युवाको साथबाट प्रहरीले खुँडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक बिरबहादुर थापाले दिएको जानकारी अनुसार प्रहरीले नेपालगन्जको सुुर्खेतरोडमा रहेको न्यू वाईन डाईन कटेजबाट खुँडा सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी निरिक्षक थापाले वाईन डाईन कटेजमा शनिबार राती साढे ११ बजे नयाँवर्षको संस्कृतिक कार्यक्रम हुँदै गर्दा अबरोध आएपछि प्रहरीले चेकजाँच गर्ने क्रममा सुर्खेत गुटु–४का द्रोर्ण थापाका साथबाट खुँडा बरामद भएको जानकारी दिए । द्रोर्णसंगै रहेका नेपालगन्ज–५ का अर्जुन घर्तिमगर पनि प्रहरी नियन्त्रणमा परेका
छन् ।                                                                                                                                 फाईल फोटो 
प्रहरीले बरामद गरेको खुँडा के प्रयोजनको लागि ल्याईएको हो अनुसंधान गरिरहेको जनाएको छ । प्रहरीले नेपालगन्जमा माधक पदार्थ सेवन गरेर होहल्ला गर्दै हिडेका अन्य १४ जना र कोहलपुरमा ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाए, विश्व रेकर्ड ताडेको दाबी

१७ पुष २०७३, आईतवार ०३:५०
सदरलाइनडटकम  १७ पुस, काठमाडौं : कैलाली स्थायी घर भएका भरत बिष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर विश्व रेकर्ड तोडेको दाबी गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यहाँ भन्दा पहिले अमेरीकन नागरिक फ्याट्रिक ल्याटिको नाममा रहेको आधारिक किर्तिमानी आफुले तोडेको दाबी गरेका हुन् । […]