सदरलाइनडटकम
२१ मंसिर, नेपालगन्ज : बाँके युनेस्को क्लबले शितलहर चलेर एक्कासी अत्याधिक चिसो बढेपछि विपन्न चिडिमार परिवारका एक जना बालक र अपांगता भएका बालबालिकाका लागि नेत्रहीन संघलाई न्यानो लुगा र सिरक डसना बितरण गरेको छ । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा क्लबले नेपालगन्ज उप–महानगरपालिकामा संचालन गरेको शिक्षा तथा बाल संरक्षण केन्द्रित सहयात्रा परियोजना अन्तर्गत सो सामाग्री बितरण गरिएको हो ।
बाँके नेत्रहिन सघका पदाधिकारीलाई सिरक डस्ना बितरण गरिंदै ।
नेपालगन्जमा आयोजित एक कार्यक्रममा क्लबका सल्लाहकार तथा ब्यावसायी राजु टिबरेवाल, क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष सिराज खान, सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत बिरेन्द्र थापा लगायतले सो न्यानो लुगा बितरण गरेका थिए ।
सहयात्रा परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ को बेलासपुर चाइल्ड लिंकका बालक रोहन चिडिमारलाई जाडो मौसममा आवश्यक कपडा बितरण गरिएको छ । रोहनलाई ज्याकेट, पेन्ट, सर्ट, जुत्ता लगाएतको सामग्री प्रदान गरिएको हो । पंचराम चिडिमारको छोरा रोहन चिडिमार श्री बागेश्वरी आधारमूत विद्यालयमा कक्षामा ३ मा अध्ययनरत छन । उनलाई संस्थाले परियोजना मार्फत सन् २०१५ देखि नियमितरुपमा संहयोग प्रदान गर्दै आएको छ ।
बेलासपुर चाइल्ड लिंकका बालक रोहन चिडिमारलाई न्यानो लुगा लगाई दिएपछि ।
यसैगरी सोही अवरमा क्लबले अपाङ्गता भएका बालबालिकाहरुको छात्राबास संचालन गरिरहेको बाँके नेत्रहिन संघलाई ६ वटा सिरक, ६ वटा डसना र ६ वटा तन्ना प्रदान गरेको छ । बाँके नेत्रहिन सघका सह–सचिव शेरबहादुर बुढालाई सो सिरक डसना बितरण गरिएको थियो ।
अत्याधिक चिसो बढेकाले अपांगता भएका बालबालिका र विपन्न बालकलाई सो लुगा तथा सिरक डसना बितरण गरिएको क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए । सिरक डसनाको यो सहयोगले अपांगता भएका बालबालिकालाई निकै राहात पुग्ने बाँके नेत्रहिन सघका सह–सचिव बुढाले बताए ।