कञ्चनजंघा हिरक महोत्सव–२०७३ सफल पार्न मन्त्री गुरुङ्को जोड

४ मंसिर २०७३, शनिबार ०९:३९
 

सदरलाइनडटकम  shram-mantri-ko-news
४ मंसिर, काठमाण्डौ: श्रम तथा रोजगारमन्त्री सुर्यमान गुरुङले कञ्चनजंघा हिरक महोत्सव –२०७३ लाई सफल पार्न सबैलाई आग्रह गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा मुल आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सो महोत्सव सफल रुपमा सम्पन्न पार्नको लागि आग्रह गरेका हुन् । उनले अघि थपे,‘पञ्चायत कालदेखि नै निषेधित क्षेत्रको रुपमा रहेको कञ्चनजंघा हिमाललाई मैले स्व.राजा वीरेन्द्रलाई सार्वजनिक रुपमै भनेर प्याकेजको रुपमा आरोहणको लागि ढोका खोलेको हुँ ।’
मन्त्री गुरुङले विश्वको तेस्रो स्थानमा पर्ने हिमालको परिक्रमा गर्न कम्तिमा १० देखि १५ दिन लाग्ने बताउँदै आरोहरण गर्नको लागि असहज मात्रै नभएर यस हिमालको धेरै महत्व रहेको बताए । उनेले भने,“नेपाल र भारतको सिमाना छुट्याउँने जस्तो महत्वपूर्ण हिमाल कञ्चनजंघा हो, भारतको भूमिबाट आधा शिबिरसम्मको लागि अनुमति थिया,े यताबाट हामीले प्रवेश गर्न पाउँदैन थियौँ, राजा वीरेन्द्रको पालामा प्याकेजमा आरोहण गर्नको लागि खुल्ला गरिएको हो ।”
मन्त्री गुरुङले सगरमाथामा पर्यटक बढी भएर फोहोर भएको कुरा बाहिर आईरहेको उल्लेख गर्दै गुनासो पोखे,‘हामी ताप्लेजुङबासीले पर्यटक नपाउने, यस्तो फरक स्थितिलाई चिर्नको लागिपनि कञ्चनजंघालाई खुल्ला गर्नु आवश्यक थियो र गरिएको हो।’
उनले उक्त हिरक महोत्सवलाई सफल बनाउनको लागि सबै सम्बन्धित क्षेत्रका व्यक्तित्वहरु एक भएर लाग्नुपर्नेमा जोड दिँदै भने,‘मेरो बाहिर जाने योजना थियो तर यहि महोत्सवको लागि आज म रोकिएको छु, सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नु हुने कार्यक्रममा म पनि आउनेछु ।’
त्यस्तै कार्यक्रममा बलबहादुर तामाङले विश्वका १४ अग्ला हिमालमध्ये कञ्चनजंघा तेस्रो स्थानमा पर्ने हिमाल भएको बताउँदै यसको उचित प्रचार–प्रसार गर्नको लागि ब्रिटिश सर चाल्र्स ईभान्सको नेतृत्वमा सन् १९५५ मे २५ मा जो ब्राउन र जर्ज क्रिष्टोफर ब्याण्डले कञ्चनजंघा पहिलो पटक सफल आरोहरण गरेको ६० वर्षको अवसरमा यो हिरक महोत्सव गर्न लागेको जानकारी दिए ।
तामाङले भने,“यो कार्यक्रममा स्मारिका बनाउने कामको शिलन्यास हुनेछ, कञ्चनजंघा चढ्ने सबै ओरोहीलाई सम्मान गर्ने योजना पनि रहेको छ ।”
उक्त महोत्वसमा पर्वतारोहीलाई सम्मान गर्ने, सरसफाई गर्ने, सांस्कृतिक कार्यक्रम गर्ने, व्यापक मेला, साहसिक तथा मनोरञ्जनात्मक कार्यक्रम, कञ्चनजंघा हिमालको अवलोकन, वृत्त चित्र तथा तस्विर प्रदर्शनी, स्वास्थ्य शिविर लगायत कार्यक्रमहरु गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले उक्त महोत्सवले नेपालको पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि टेवा पुर्याउने भएकोले सफल बनाउनको लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
धमलाले मुलुको विकासको लागि महत्वपूर्ण क्षेत्र भनेको नै पर्यटन भएकोले यसको प्रर्वद्धन गर्नु सबैको दायित्व रहेको बताए । उनले कञ्चनजंघा हिमालको विश्वभरि नै उच्च महत्व रहेको उल्लेख गर्दै आगामी दिनमा यो हिमालमा पनि पर्यटकहरु बढाउनुतर्फ राज्यले ध्यान दिनुपर्ने बताए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिरमिनियालाई गाउपालिकामा राख्न दोस्रो चरणको आन्दोलन

४ मंसिर २०७३, शनिबार ०९:३९
सदरलाइनडटकम,  ४ मंसिर, नेपालगन्ज :  बाँकेको हिरमिनिया गाविसलाई गाउँपालिकामै राख्नुपर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन सुरु भएको छ । हिरमिनियावासीले आईतबार देखि आन्दोलन चर्काउने भएका छन् । आन्दोलनको लागि जिल्ला विकास समिति बाँकेमा घेरा हाल्ने गरी सबै हिरमिनियाबासी आउने भएका छन् । जिविस बाँकेले बाँकेमा ८ वटा स्थानीय तह निर्माण […]