नेपालगन्जमा सामुहिक ईदको नमाज पढेर ईद मनाईदै (फोटो फीचरसहित)

२३ असार २०७३, बिहीबार ०६:२०
 

रुद्र सुवेदी/सदरलाइनडटकम
२३ असार, साउन : ईस्लाम धमाएवलम्बीहरुले रमदान महिनाभर एक महिनाको लामो उपबास (रोजा) पछि ईदगाहमा सामुहिक नमाज पढेर नेपालगन्जका ईस्लाम धर्मावलम्बीले ‘ईद–उल–फित्र’ ईद मनाउन सुरु गरेका छन्  ।
एक महिनाको कठोर ब्रत (रोजा) पछि नेपालगन्जको ईदगाह मस्जिदमा विहान नौ बजे सामुहिक नमाज सुरु भएको थियो ।  ईस्लामीक धार्मिक पात्रो हिजिरीका अनुसार मंगलबार २९ रोजाको दिन साँझ चन्द्रमा हेरेर अर्कोदिन ईद मनाईने परम्परा भएपनि सो दिन चन्द्रमा नदेखिएपछि ३० रोजा पुरा गरी बिहीबार ईद मनाईएको मुस्लिम धर्मगुरु मौलाना जियाउल मुस्तफन नूरानीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार अरबी पात्रो अनुसार रमजान नवौं महिना हो । आत्मसंयम र शुद्धिका लागि नवौं महिनामा एक महिना भरी रोजा बसी दशौं महिनाको पहिलो दिन ईद मनाउने चलन रहेको मौलाना नुरानीले बताए ।
उनले रमजान सकिएको खुशियालीमा ईदगाहमा जम्मा भएर सामुहिक रुपमा प्रार्थना गरी एकआपसमा शुभकामना साटासाट गर्ने चलन रहेको बताए । रोजा सकिएको खुशियालीमा सामुहिक रुपमा प्रार्थना गरी शुभकामना साटासाट समेत गर्ने चलन छ ।
उनले रोजा सुर्योदय हुनुभन्दा अघिदेखि सुर्यास्तसम्म
चल्ने र यस महिनामा धनीवर्गले गरीबहरुलाई आर्थिक सहयोग लगायत अन्य दान दिने चलन रहेको बताउदै रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिना भन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ ।
यसैगरी ईदुल फित्रमा खाने बिशेष प्रकारको परिकार सेवई खरिद गर्नेहरुको पसलहरुमा निकै भीड लागेको छ । साउदी अरबमा ईद मनाईएको भोलीपल्ट नेपालमा ईद मनाईने प्रचलन रहेको मौजाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए । मुस्लिम समुदायको वाक्लो बसोवास रहेको नेपालगन्जमा मुस्लिम समुदायमा विशेष चहलपहल सुरु भएको छ ।
दारुल उल्लम फैजुननवी जामा मस्जिद ईदागाह संचालक समितिका अनुसार विहान ९ बजे विपी चौकमा रहेको ईदगाहमा शुभकामना साटासाट तथा नमाज वाचनको कार्यक्रम आयोजना गरिएको थियो ।
रमजानको समाप्तिसंगै ईद मनाउन मुस्लिम समुदाय नयां लुगा, मिठाई तथा अरु उपहार लगायतका सामग्री खरिदमा गरेका छन् । नेपालगन्जको सुर्खेतरोडस्थित रहेको ईदगाह मस्जिदमा नमाज पढ्न आएका इस्लाम धर्मावलम्बीहरुलाई ईदको अवशरमा शुभकामना दिनको लागि विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, सञ्चारकर्मी सो ठाँउमा पुगेका थिए । फोटो: रुद्र सुवेदी /सदरलाइनडटकम
IMG_1212 R IMG_1215 नमाजको लागि झुकेका शिरहरु । IMG_1246 IMG_1248 R IMG_1249 IMG_1261 IMG_1262 R IMG_1266 नमाजको लागि झुकेका शिरहरु । IMG_1271 IMG_1276 IMG_1301 IMG_1315 IMG_1325 IMG_1326 IMG_1329 IMG_1330 IMG_1344 IMG_1346 IMG_1357 IMG_1366 IMG_1375 IMG_1379 IMG_1382 IMG_1396 IMG_1399 IMG_1426


रमजानको महिनामा आफ्नो दक्ष अनुसारको मदरसाका लागि दान दिदै एक बालक ।  ईदगाहमा सामुहिक नमाज पढ्नको लागि जम्मा भएका ईस्लाम धर्मावलम्बीहरु IMG_1206 ईदको नमाज पढेर फर्केका समुदयसंग शुभकामना साटासाट गर्दै स्थानीय दलका नेताहरु IMG_1409

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अञ्चल प्रहरी भेरीले सार्वजनिक ग¥यो आफ्नो ३ महिने प्रगती

२३ असार २०७३, बिहीबार ०६:२०
सदरलाइनडटकम २३ असार नेपालगन्ज : प्रहरीले बितेका तीन महिनामा ठूलो परिणामको लागू औषध र सो को कारोवारमा संलग्न ४६ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अघि बढाएको छ ,  अञ्चल प्रहरी कार्यालय भेरीले आफ्नै कार्यकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा ३ महिनाको अबधीमा मातहातका जिल्लाहरुबाट ६० ग्राम ४ मिलिग्राम ब्राउन सुगर, ५ […]