नेपालगञ्जमा अत्याधुनिक हल ‘सिने रोयल’ सञ्चालनमा

सदरलाइन संवाददाता ११ श्रावण २०८०, बिहीबार १६:२३
 

नेपालगञ्ज : नेपालगञ्जमा बिहीवारदेखि अत्याधुनिक लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ सञ्चालनमा आएको छ । बिहीवार एक कार्यक्रमका बीच हलको उदघाटन गरिएको छ ।

उदघाटनका अवसरमा पत्रकार सम्मेलन गरेर हलबारे जानकारी गराइएको थियो । बिहीवार पहिलो दिन निःशुल्क फिल्म समेत देखाइएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा निर्माण भएको हलमा शुक्रवारदेखि सर्वसाधारणले फिल्म हेर्न पाउने भएका छन् ।


नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउण्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्शन’मा आधारित ३ वटा स्क्रिन भएको सिने रोयलको दुई वटा हल २ सय ५० र २ सय ५० क्षमताको तथा तेस्रो हल १ सय ५० सिट क्षमताको रहेको ‘सिने रोयल’का प्रबन्ध निर्देशक डा. राहुल थापाले बताए । २५ करोड लागतमा अत्याधुनिक सिनेमा हल निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोहर्रममा नेपालगञ्जका तीन पत्रकार सम्मानित

११ श्रावण २०८०, बिहीबार १६:२३
नेपालगञ्ज : बाँकेका तीन जना पत्रकारहरु सम्मानित भएका छन् । नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले मोहर्रम पर्वका अवसरमा बाँकेका तीन जना क्रियाशील पत्रकारलाई सम्मान गरेको हो । इस्लामिक नयाँ वर्ष १४४५ हिजरीको शुभारम्भदेखि नै मनाईने मोहर्रम पर्वको ८औँ दिनको अवसरमा आयोजित विशाल कार्यक्रममा क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको हो । […]