दश किलो अफिमसहित बाँकेमा दुईजना पक्राउ

सदरलाइन संवाददाता २९ भाद्र २०७७, सोमबार १२:४१
 

नेपालगञ्ज : बाँके प्रहरीले ठूलो परिमाणमा लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दाङका २४ बर्षीय बसन्त घर्ती र रुकुमपूर्वका ५३ बर्षीय धनबहादुर सेनलाई अफिमसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार पत्रकार सम्मेलनमार्फत दुबै जनालाई सार्वजनिक गरेको हो । उनीहरुको साथबाट १० किलो लागुऔषध अफिम बरामद गरिएको प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए ।


वडा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हरि बस्नेत नेतृत्वको टोलीले उनीहरुलाई बाँकेको कुसुमबाट पक्राउ गरेको हो । उनीहरु लामो समयदेखि लागुऔषध कारोवारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रानाले बताए । उनीहरुमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Next Post

बाँकेमा थप दुईजनाद्वारा प्लाज्मा दान

२९ भाद्र २०७७, सोमबार १२:४१
नेपालगञ्ज : प्लाज्मा थेरापी विधिबाट कोरोनाको जटिल उपचार सम्भव भएपछि बाँकेमा प्लाज्मा दान गर्नेको संख्या बढ्दै गएको छ । बाँकेमा सोमवार थप दुई जनाले प्लाज्मा दान गरेका छन् । सञ्चारकर्मी खगेन्द्र दाहाल र नेपालगञ्ज ११ का ४० वर्षीय सन्तोष पाठकले भेरी अस्पतालमा प्लाज्मा दान गरेका हुन् । पत्रकार दाहालले संक्रमणमुक्त […]