जिता केसी / सदरलाइन
२३ असार, कोहलपुर (बाँके) : पढ्ने उमेरमा आर्थिक अभावको कारण आफुले पढ्ने अवसर नपाएका तर, हाल बैदेशिक रोजगारमा रहेका बाँके राप्ती सोनारी गाउपालिका वडा नं.१ खासकुश्मा बाँकेका केही युवाहरुले पढ्न चाहाने विपन्न र जेहेन्दार छात्रछात्राको लागि छात्रबृत्ति कोष स्थापना गरेका छन् ।
वैदेशिक रोजगारीका लागि विदेश रहेका नेपालीहरुले दिनहँ जसो पठाउने रेमिट्न्सले मुलुक चलि रहेको बेलामा उनीहरुले विदेस मै रहेका बाँके खासकुस्मा गाविस हालको राप्तीसोनारी–१ घर भएकाहरुको २४ जनाको समुह निर्माण गरि सो समुहले आफ्नो वडाका बिपन्न तथा जेहेन्दार विद्यार्थीको लागि पढाई निरन्तर गर्न सजिलो होस भनेर सो कोष स्थापना गरेका हुन ।
हाल मलेसियामा बैदेशिक रोजगारमा कार्यरत तथा यस कार्यको मुख्य योजनाकारका रुपमा रहेका हेमराज डाँगीका अनुसार घरको आर्थिक अवस्था कमजोर भई विद्यालयमा शिक्षा लिन अति नै कठिन अवस्थामा पुगेका बालबालिकाहरुको भविष्यलाई मध्यनजर गरेर यस्तो योजना अगाडि सारेको बताए ।
उनले आफ्नो समूहले गत वर्षको बैशाख १ गतेदेखि अभियान सञ्चालनमा ल्याएको जानकारी दिए । सो अभियान अन्तरगत हाल खासकुश्मामा रहेको श्रीकुसुमेश्वर माध्यामिक विद्यालयको नाममा रहेको बैङ्कमा १ लाख २० हजार ८ सय ७७ रुपैया जम्मा गरि सकेका छन्् । यो रकम उनीहरुले मिति २०७३ बैशाख १ गतेदेखि २०७४ जेठ २९ गतेसम्म जम्मा गरेका हुन ।
उनीहरुले सो रकमबाट आउने वार्षिक व्याजलाई कुसुमेश्वर माध्यामिक विद्यालयमा अध्ययनरत विभिन्न विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको रुपमा उपलब्ध गराउने गरी कोष स्थापना गरेका हुन ।
डाँगीले आफूले प्रस्ताव गरेको योजनामा आफू लगायत कुसुम कै २४ जना साथीभाइले साथ दिएकोले सो रकम जम्मा गर्न सफल भएको बताए । हेमराज डाँगीले ५ हजार ५४, भेषराज वलीले ५ हजार २ सय ७७, डोरप्रकाश भण्डारीले ५ हजार ६ सय २२, कृष्ण रेग्मी ३ हजार , ऋषिराज डाँगी ५ हजार ३ सय ५२, पिमलाल बुढाथोकी ४ हजार ८ सय ४६ रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी रुमबहादुर कुमाल ४ हजार ८ सय ३६, सुकराज मगर ४ हजार ८ सय २, खेम भण्डारी ५ हजार ९, मोहनप्रसाद सोण्डीक ३ हजार ९ सय ७४, मधुकर खड्का ५ हजार ६ सय ५९, लोकबहादुर धर्ती ५ हजार ६ सय ५९, टोपेन्द्रबहादुर थापा ५ हजार ८ सय १२, विष्णु खुना ५ हजार ८ सय १०, सुसन केसी ५ हजार १५, प्रेम डागी ४ हजार ७ सय , करण बुढा ४ हजार ७ सय ५६, रमेश खुना ४ हजार ७ सय, महेशबहादुर खुना ४ हजार ३ सय ९१, मित्रबहादुर कुमाल ६ हजार, नेत्रबहादुर डागी ६ हजार , बीरबहादुर कुमाल ५ हजार १६, जनार्दन खड्का ४ हजार ७ सय ६७ र कृष्णप्रसाद डागी ४ हजार २ सय ८० रुपैयाँ कोषमा जम्मा गरेका छन् ।
आफहरु समय सुहाउदो शिक्षा लिन नपाउदा अरुको भूमिमा भौतारिनु परेको कारण आफुहरुको सानो सहयोगले पनि कसैको भविश्य बन्ने सपना देखेर सहयोग गरेको सो अभियानका सहयोगी तथा अभियन्ता रुमबहादुर कुमालले बताए ।
‘वास्तबमा कुनै पनि काम सानो र ठूलो भन्ने छैन हामीहरु विदेशी मरुभुमिमा तातो बालुवासंग डुबुल्की खेल्दै बचाएको पैसालाई गाउँको सामुहिक विकासका लागि लगानी गर्छौँ’– उनले भने–‘आफूहरुकोे पसिनासंग रमाउनु पर्ने बाध्यात्मक परिस्थितिलाई सम्झदै आफ्नो योजना सफल भएकोमा खुसी हुदै कुनै पनि सामुहिक हितको लागि काम सुरुवात गरियो भने पक्कै पनि सफल भइदोरहेछ । म र मेरो साथीहरुको साथ र सहयोगले विद्यालयको विकास पक्कै पनि हुन्छ ।’
डाँगीले आफ्नो समुहको पहिलो योजना सफल भए लगत्तै फेरी गाउँको हितको लागि नयाँ योजना लिएर आउने सोचमा रहेको बताए । बाँकेको पुर्वी तथा विकटताले घेरीएको आफ्नो ठाँउमा विरामी पर्दा तत्काल अस्पताल पु¥याउनको लागि एम्बुलेन्स अभाव रहेको, विजुली बत्तिको अभाव रहेको अवस्थामा विभिन्न सामाजिक संघ संस्थाहरु संगको सहकार्यमा एम्बुलेन्स सञ्चालनमा ल्याउने गरी तयारी अघि वढाएको बताए ।