बाँके प्रहरीले करोड बढीको सुनचाँदी सहित ४ जना नियन्त्रणमा

सदरलाइन संवाददाता ११ भाद्र २०८१, मंगलवार १७:२४
 

नेपालगञ्ज  :  बाँके प्रहरीले करोड बढीको सुनचाँदी सहित ४ जना नियन्त्रणमा लिएर अनुसंन्धानमा लिएर अनुंन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको सुनारमन्डी र विपी चोकबाट ३४ तोला सुन र १० किलो चाँदी बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार बर्दिया राजापुर–८ बस्ने वर्ष ४० को नेपाली थारुले चलाएको प्रदेश ०३०१–०२४ च ६७६३ नं. को कारमा सवार रहेका बर्दिया राजापुर–४ बस्ने वर्ष ४२ को निम प्रकाश सुनारको साथबाट सुन जस्तो देखिने ६७ ग्राम तौल रहेको धातुको टुक्राहरु बरामद गरेको छ ।

यसैगरी प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका–११ बस्ने वर्ष २१ को राहुल सोनारको साथबाट चाँदी जस्तो देखिने १७२ ग्राम तौल र हेको पायलहरु तथा तार समेत बरामद गरि निजहरुलाई सवारी साधन सहित नियन्त्रणमा लिईएको छ ।


नेपालगञ्ज उप–महानगरपालिका–२ स्थित रहेको महेश मराउले संचालन गरेको पशुपती सुन चाँदी रिफाईन कारखानामा तलासी गर्ने क्रममा उक्त कारखानाबाट अवैध सुन जस्तो देखिने ३४० ग्राम तौल रहेको धातु र चाँदी जस्तो देखिने १० के.जी.४४१ ग्राम तौल रहेको धातु र उक्त कारखानामा रहेका जिल्ला बाँके राप्तीसोनारी–४ बस्ने वर्ष २४ को ओमजग चौधरीलाई नियन्त्रणमा लिएको छ ।्

प्रहरीले दुबै स्थानबाट बरामद गरेको सुन चाँदी, सवारी साधनसहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहनुभएका प्रहरी नायव उपरिक्षक नारायण डाँगीले जानकारी दिए ।

उनले बरमाद सुन ४०७ ग्राम, चाँदी १० के.जी. ६१३ ग्राम र सवारी साधन सहित जम्मा मुल्य एक करोड पाँच लाख तेत्तिस हजार चार सय सड्चालिस अनुमान गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

असोज ३ मा नेपाल मै पहिलो पटक १० किमी नाइट रन हुँदै

११ भाद्र २०८१, मंगलवार १७:२४
नेपालगञ्ज :  संविधान दिवशको अवसरमा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगञ्ज १० किमी रात्रीदौड आयोजना गर्न लागिएको छ । नेपालगञ्ज रात्रीदौड संविधान दिवस २०८१ असोज ३ गते बिहिबार राती हुनेछ । राती ९ बजे स्थानीय बीपीचोकबाट दौड सुरु हुनेछ । एसोसियसन अफ इन्टरनेसनल म्याराथन […]