पुराना सिनेमा हलको औचित्य समाप्त, नयाँमा करोडौं लगानी

सदरलाइन संवाददाता २७ माघ २०८०, शनिबार १४:३०
 

नेपालगञ्ज : अहिले विद्युत प्राधिकरण भएको सामुन्ने मन्सुरी समशेरका भाइ बहादुर समशेरले खोलेको बागेश्वरी चित्र (सिनेमा) मन्दिरसंगै नेपालगञ्जमा सिनेमा ईतिहास शुरु हुन्छ । बिक्रम संवद २०२७/२८ सालतिर हालको बिद्युत प्राधिकरणभित्र डिजेल प्लान्ट थियो, त्यसैको सहारामा बागेश्वरी चित्र मन्दिर सञ्चालन हुन्थ्यो ।

नेपालगन्ज शहरको इतिहासका खोजकर्ता तथा बरिस्ठ साहित्यकार सनत रेग्मीका अनुसार केटाकेटी छँदा उहाँले पनि त्यहाँ सिनेमा पनि हेर्नुभएको थियो । पछि त्यो हल बन्द भयो । रेग्मिका अनुसार सोही हललाई मन्सुरी समशेरले किनेर महाकाली राईसमिलको हातामा फिल्म हल सञ्चालन गर्नुभयो । यसरी पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जबाट सिनेमा हलको शुरुवात भयो ।

विस्कोहरी टोल रहेको लक्ष्मी चित्र मन्दिरले यहाँको सिनेमा हलको ईतिहास बोलिरहेको छ । हाल बन्द र खण्डहर अवस्थामा रहेको जग्गामा सञ्चालकहरु नयाँ व्यवसायिक प्रतिष्ठान बनाउने योजना सोचिरहेका छन् । बरिस्ठ साहित्यकार नयनराज पाण्डेका लागि नेपालगञ्जमा त्यतिबेलाको एकमात्र लक्ष्मी चित्र मन्दिर साँच्चिकै ‘दृश्य मन्दिर’ जस्तै लाग्थ्यो ।


चलचित्र विकास बोर्डद्वारा प्रकाशित ‘चलचित्र मञ्च’मा उहाँले यसबारेमा स्मरण नै लेख्नुभएको छ । आज सम्झदा लक्ष्मी चित्र मन्दिर नामै विलक्षण लाग्ने गरेको उल्लेख गर्दै पाण्डेले लक्ष्मी सिनेमा घर नराखेर लक्ष्मी चित्र मन्दिर जसले नामाकरण गर्यो त्यो अज्ञात व्यक्तित्वप्रति सम्मान पलाएको बताए ।

नेपालगञ्जको सिनेमा हललाई ब्यवसायिक बनाउन अर्को सृष्टि हलको भुमिका महत्त्वपूर्ण रह्यो । व्यवसायिक फड्को मार्न योगदान दिएको यो फिल्महल पनि हाल बन्द छ ।

पुराना सिनेहल बन्द हुँदै गर्दा नेपालगञ्जमा बागेश्वरी क्युएफ एक्स र रोयल सिनेमा जस्ता अत्याधुनिक प्रविधि सहित करोडौ लगानीमा नयाँ फिल्म हल खुलेका छन । यी फिल्म हलमा स्वदेशबाट मात्रै होइन भारतबाट समेत दर्शक आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता शुरु

२७ माघ २०८०, शनिबार १४:३०
नेपालगञ्ज : सुशील कोइराला मेमोरियल यु–१९ महिला राष्ट्रिय टी–२० क्रिकेट च्याम्पिनसीपलाई नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमै राखेर यसलाई संस्करणको रुपमा अगाडि बढाउने प्रयास शुरु भएको छ । कोहलपुर नगरपालिकाको आयोजना, कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापन र क्यानको सहकार्य र प्राविधिक सहयोगमा शनिबारदेखि कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु […]