खजुरामा मेयर रनिङ शिल्डको तयारी अन्तिम चरणमा

२८ माघ २०७५, सोमबार १८:२४
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरास्थित जनसेवा मावि गिजरामा प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता हुने भएको छ । फागुन ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले सोमवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
खजुरा गाउँपालिका शिक्षा समितिको आयोजना र जनसेवा माविको व्यवस्थापनमा हुने प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक, संस्थागत र मदरसा गरी ६७ विद्यालयका १ हजार ५ सय विद्यार्थीको सहभागिता रहने जनाइएको छ । कक्षा ९–१२ मावि तह, कक्षा ६–८ निमावि र १–५ आधारभूत तीनै तहलाई प्रतियोगितामा सहभागिता गराइए पनि आधारभूत तहका विद्यार्थीलाई बालमैत्री खेलहरु खेलाइने जनाइएको छ ।
प्रावि, निमावि र मावि तहका विद्यार्थीवीच भने २ वटा रनिङ शिल्डका लागि छुट्टा छुट्टै प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा मावि तर्फ प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २० हजार, द्वितियलाई १० हजार र तृतीयलाई ७ हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको छ भने कक्षा १ देखि ८ सम्मको विद्यालयका लागि क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार राशि राखिएको छ ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले तयारी र प्रतियोगिताबारे जानकारी दिँदै खजुरा गाउँपालिकाको शैक्षिक गुणस्तर उकास्न खेलकूद प्रतियोगिता महत्वपूर्ण सावित हुने बताए । उनले प्रतियोगितालाई भब्यरुपमा सम्पन्न गर्नका लागि ८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएअनुरुप खजुरा गाउँपालिकाले ५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको जानकारी दिए ।
प्रतियोगिता संचालनका लागि खजुरा गाउँपालिकाले मेयर रनिङ शिल्ड खेलकूद निर्देशिका २०७५ पारित गरी यो प्रतियोगितालाई हरेक वर्ष खजुरा गाउँपालिका मातहत सञ्चालन गर्ने र तत्कालै शैक्षिक महोत्सवको पनि आयोजना गर्ने गरी निर्देशिका पारित भइसकेको छ । प्रतियोगितालाई भब्य, सभ्य र व्यवस्थितरुपमा सम्पन्न गर्नका लागि खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा २५१ सदस्यीय मूल समिति र विभिन्न उपसमिति गठन गरेर तयारी अगाडि बढाइएको सचिवालय प्रमुख यमनारायण महतोले जानकारी दिए ।
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, ऋषिराम सापकोटा, फिल्ड मार्शल राजेन्द्रप्रसाद सापकोटा, आयोजक विद्यालयकी प्रधानाध्यापक शोभा रेग्मीलगायतको सहभागिता रहेको थियो ।

Next Post

आईडियल पब्लिक मावि सेमिफाईनलमा

२८ माघ २०७५, सोमबार १८:२४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगन्जमा जारी दोस्रो मेयरकप टी–२०अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा आईडियल पब्लिक माविले युनाईटेड एकेडेमी माथि ११० रनले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको आईडियल पब्लिकको राम्रो सुरुवात नरहे पनि पछिल्ला क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्दै १८७ रन बनाएका थिए । […]