देशका छुट्टछुट्टै स्थानबाट लागूऔषधसहित १० जना पक्राउ

सदरलाइन संवाददाता ५ माघ २०८०, शुक्रबार १६:३५
 

काठमाडाै‌ं, : देशका छुट्टछुट्टै स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् ।  ललितपुरकाे ललितपुर महानगरपालिका-४ धोबिघाटबाट अवैध लागूऔषध गाँजा १ किलोसहित सोही ठाउँ बस्ने ४२ वर्षिय कुमोद थापामगर समेत २ जनालाई   प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापाकाे बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय अबिनास कार्कीलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० दिपाघाटबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ८० मिलिग्रामसहित लालझाडी गाउँपालिका-५ बस्ने २१ वर्षिय प्रकाश महरा समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।


  कैलाली, धनगढी उपमहानगरपालिका-७ देवरियाबाट अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ७० मिलिग्रामसहित कञ्चनपुर पुनर्वास नगरपालिका-१ बस्ने अर्जुन रानासमेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको    छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

        यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अयोध्याको राम मन्दिरको गर्भ गृहको तस्विर सार्बजनिक, यसरी हुदैँछ प्राण प्रतिष्ठा

५ माघ २०८०, शुक्रबार १६:३५
  अयोध्या, :  रामललाको प्राण प्रतिष्ठा अयोध्यामा २२ जनवरीमा अर्पण गरिदैँछ ।   रामललाको गर्भ गृहको तस्विर सार्वजनिक भएको छ । जहाँ जनवरी २२ मा राम मन्दिरको गर्भगृहमा रामललाको मूर्ति स्थापना गरिने छ । अब रामललाको प्राण  केही दिन मात्रै बाँकी छ । यस्तो अवस्थामा २२ जनवरीमा देशभर उत्सवको माहोल छ। […]