नेपालगञ्जमा दुई महिनामा भारतबाट ११ करोडको केरा आयात

सदरलाइन संवाददाता १४ कार्तिक २०८०, मंगलवार १३:४२
 

नेपालगञ्ज : चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौ मसान्तसम्म नेपालगञ्ज भन्सार नाका हुँदै रु १० करोड ३१ लाख २५ हजार मूल्य बराबरको केरा आयात भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार, चाडपर्वको सिजन भएका कारण यि दुई महिनामा केरा आयात अत्याधिक हुने गरेको छ । यो अवधिमा २४ सय ६६ मेट्रिक टन केरा आयात भएको हो । बजारमा दर्जनको हिसावले बिक्री हुँदै आएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले यहाँबाट आयात भएको केरा देशका बिभिन्नका बजारमा पुग्ने गरेको बताए । स्थानीय बजार मात्र नभई बर्दिया, सुर्खेत, दाङ्ग र नारायाणगढसम्म खपत हुने गरेको छ । नेपालगन्ज लगायत यस क्षेत्रमै फलफुल उत्पादनको अवस्था न्युन छ । केरा उत्पादनका लागि कृषकहरु उत्साहित भएपनि भारतबाट आउने सस्तो मूल्यका केराका कारण टिक्न सकिरहेका छैनन् ।

स्थानीय उत्पादन बढाउन कुनै चासो नदिदा केरामा मात्र यतिका रकम बिदेशीएको छ । नेपालगन्ज नाका हुँदै अन्य फलफुल समेत आयात हुँदै आएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ । स्वदेशी केरा उत्पादक कृषकहरुले भारतबाट आउने केरा तत्काल रोक्नुपर्ने माग राख्दै आएका छन् ।


भारतबाट विश्व व्यपार संगठनको मापदण्ड पुरा नगरि आयत गरिरहेकोले नेपाली केरा कृषकको करोडौंको केरा नोक्सानी हुने अवस्था रहेको प्रति केरा व्यवसायी मर्कामा पर्ने गरेका छन् ।

कृषि जन्य बस्तु व्यवसायीकरण गरि स्वदेशमा नै रोजगारीका सम्भावना तथा अवसर सृजना गरि राज्यलाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य अनुरुप केरामा आत्मनिर्भर उन्मुख रहेको व्यवसायीहरुको भनाई छ । निर्वाध रुपमा भारतबाट केरा आयात गरिएकोले जिल्लामा उत्पादन भएको केरा विक्रि वितरण हुन नसक्दा कृषकहरुको लिएको ऋण डुब्ने खतरा रहेको कृषक अगुवा देवेन्द्र अधिकारीले बताए ।

बाँके बर्दिया, कैलाली र कञ्चनपुरका कृषक व्यवसायीमा आश्रित परिवार वेरोजगारको चपेटामा परि बैदेशिक रोजगारको सिकार हुने सम्भावना समेत भएको उनले बताए । भारतबाट आयतित रोग किरा तथा विषादी परिक्षण नभएको र नेपालका केरा कृषकलाई धारासायी हुने अवस्था सिर्जना भएको छ ।

बाँके र बर्दिया जिल्लामा ४ हजार कृषकहरुले २ हजार ५ सय हेक्टरमा व्यवसायीक केरा खेती गरिरहेका छन् । केरा खेतीबाट यहाँको बार्षिक उत्पादन झण्डै ९५ हजार मेट्रिकटन रहेको अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधवारदेखि खजुरामा धार्मिक महामहोत्सव

१४ कार्तिक २०८०, मंगलवार १३:४२
नेपालगञ्ज : बाँकेको खजुरा ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा बुधबारदेखि शुरु हुने धार्मिक महोत्सवको तयारी पूरा भएको छ । यहि कात्तिक १५ देखि २२ गतेसम्म आयोजना हुने धार्मिक महामहोत्सवको उदघाटन बिहान ९ बजे मन्दिर परिसरबाट बिशाल कलशयात्रा सहित गरिने महोत्सव समितिका अध्यक्ष खड्क वलीले जानकारी दिए । सदिऔं पुरानो […]