जमुनाहा नाका बुधवार राति ८ बजेसम्मका लागि बन्द

सदरलाइन संवाददाता ८ कार्तिक २०८०, बुधबार १४:०७
 

नेपालगञ्ज : नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालगञ्जको जमुनाहा नाका बुधबार एकदिनका लागि बन्द गरिएको छ ।

हिन्दु धर्मावलम्वीहरुले दसैंमा स्थापना गरेका दुर्गा मूर्तिहरु धार्मिक र्याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि आज एकदिनका लागि जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमा पारीका सुरक्षा अधिकारीहरुसँगको सल्लाह र समन्वयमा आज राति ८ बजेसम्मका लागि उक्त नाका बन्द गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।


एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्नलगायतका ढुवानी गर्ने अत्यावश्यक सवारी साधनहरु बाहेक अन्य सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको उनले जानकारी दिए ।

नेपालगञ्जका सडकहरुमा अहिले दुर्गा मूर्ति सेलाउन ताल तलैया, जलकुण्ड तथा नदीतर्फ लैजाने कार्य भइरहेको छ । नेपालगञ्जका सडकहरुमा दुर्गा मूर्ति राखिएका ट्रक तथा ट्रयाक्टरहरुसहितको धार्मिक र्याली भइरहेको ।

कुनै सम्भाव्य घटना तथा दुर्घटना हुन नदिन तथा मूर्ति विसर्जन गरिने कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लाभरी नै सुरक्षा सतर्कता अपनाउँदै कडा सुरक्षा व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका कुशबाडिया समुदायको पुर्ख्यौली पेशा संकटमा

८ कार्तिक २०८०, बुधबार १४:०७
नेपालगञ्ज : बाँकेमा बर्षौंदेखि ढुङ्गाको सिलौटा र डोरी बिक्री गरेर जीविकोपार्जन गर्दै आइरहेका कुशबाडिया समुदायको परम्परागत पेशा संकटमा परेको छ । जिल्लामा न्यून संख्यामा रहेको लोपोन्मुख र अल्पसंख्यक सो समुदायको पुर्ख्यौली पेशा प्रविधिको विकास र बिस्तारका कारण संकटमा परेको हो । कुशबाडिया समुदायले महिनौँ लगाएर निर्माण गरेका परम्परागत सामानहरू बिक्री […]